डिल्लीराज रावत/कात्तिक २४, दाङ । माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्द आधारले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताएका छन । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डिल्लीराज रावत/कात्तिक २४, दाङ । माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्द आधारले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताएका छन । 
<"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्य अधिकार जनताको पक्षमा: आधार

२०७३, २४ कार्तिक बुधबार १०:१९


डिल्लीराज रावत/कात्तिक २४, दाङ । माओवादीका केन्द्रीय सदस्य मोहलाल चन्द आधारले खाद्यको अधिकार उठाएर आफुहरूले जनताको पक्षमा आवाज उठाएको बताएका छन । 

आफुले राष्ट्रियताको कुरा उठाउदै विभिन्न कार्यक्रम गर्दै आएको बताउदै आधारले जनताको अधिकार खाद्य अधिकार पनि भएको स्पष्ट पारेका हुन । नेकपा माओवादी दाङले घोराहीमा गरेको मुल्यवृद्धिले खाद्यप्रभुतामा राख्ने असर विषयक अन्तरक्रियालाई सम्बाेधन गर्दै उनले नेपालमा भ्रष्ट आचरण भएको सरकार भएकाले यो सरकार नै भ्रष्टाचारीको रूप भएको बताएका छन । 

मुल्यवृद्धिका विषयमा अाफुले गर्ने कार्तिक २८ को नेपालबन्द पनि संघर्षको एउटा रूप भएको भन्दै त्यसमा सहयोग गर्न अनुरोध पनि गरेका हुन । नेपाल पत्रकार महासंघ दाङको हलमा भएको कार्यक्रममा पत्रकार तथा नागरिक अगुवाले बन्द भन्दा अरू कार्यक्रम राख्न गरिएको अनुरोधलाई राप्ती व्यूरो ईन्चार्ज समेत रहेका अाधारले उत्तर दिदै अप्रेशन गर्नुपर्ने विरामिलाई रगत आउँछ भनेर अप्रेशन नै नगर्ने विषयपनि बुझ्न भनेका थिए । 

आफुले बन्द एकैचोटी नगरेको भन्दै खाद्य सम्प्रभुताका विषयमा यो भन्दा पहिला अन्य गतिविधि गरेको र आफूले खाद्यन्नको वियषमा घटाउनुपर्ने मूल्य सहित प्रधानमन्त्रीलाई जानकारी दिएको तर त्यो विषयमा सरकार जिम्मेवार नभएकाले आफुले संघर्षका कार्यक्रम पेचिलो बनाउदै लगेको बताएका हुन । 

कार्यक्रमका अध्यक्ष तथा जिल्ला सेक्रेटरी शितलले आफुहरूले हिजो थाल ठोकेर विरोध गरेको भन्दै सरकारले आफ्ना विरोधका रूपलाई बन्दुकले दवाएमा त्यसको उत्तर बन्दुकले नै दिने बताएका छन । 

कार्यक्रमलाई नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष, क्रान्तिकारी पत्रकार संगठनका राप्ती संयोजक डिल्लीराज रावत, पत्रकार शरद अधिकारी, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, नागरीक समाजका चन्द्रराज पन्त, अखिल नेपाल शिक्षक संगठनका नारायण भण्डारी लगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी