कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायलाई नगरपालिका बनाउन दवाव दिँदै राजनैतिलक दलको सर्वलिय टोलले जिल्ला प्रविधि समितिलाई ज्ञापन पत्र बुझाएको छ ।
बुर्तिबाङको सर्वदालिय टोलीले ज्ञापन पत्र वुझाएको हो । जिल्ला प्रविधिक समितिले पछिल्लो पटक गाउँपालिका प्रश्ताव गरेका बुर्तिबाङ, राजकुत, अधिकारीचौर, बोबाङ, भिमगिठे र दर्लिङलाई नै नगरपालिका बनाउने माग सहित ज्ञापन पत्र बुझार्ईको नेपाली काँग्रश बुर्तिबाङका सभापती शालिकरम शर्मले जानकारी दिनुभयो । जनसंख्या पनि पुग्ने भएकाले कुनैपनि हालतमा नगरपालिका बनाउनुपन भन्दै दलहरुले माग वेवास्ता गरेर गाउँपालिका नै बनाईए कडा अन्दोलनमा जाने चेतावनी दिएका छन् ।
बुर्तिबाङ केन्द्र हुने गरि नगरपालिकामा जान सहमत हुँदै अधिकारीचौर गाविसबाट पनि आजै माग पत्र बुझार्ईको छ । दर्लिङ र भिमगिठेका राजनैतिक दलले भने ग्वालीचौर, रणसिंहकिटेनी सहितका गाविस समेटेर बढिघाबट गाउँपालिका बनाउन माग गर्दै ज्ञापन पत्र वुझाएका छन् ।
यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथ व्यपारिक केन्द्र किन नगरपालिका बन्न सक्दैन ? नेताहरुले प्रश्न गरेका छन् ।
३ लाख जनसंख्यालाई वस्ती बसाउने गरि मध्यपहाडी लोकमार्गमा बन्ने नमुना शहर अन्तरगत ५० रोपनी जग्गा खरिद गरि काम सुरु भएको छ । प्रश्तावित जिल्ला अस्पताल, क्याम्पस, ६ ओटा बैङ्क, कवर्डहल, मध्यपहाडीलोकमार्ग, प्रश्तावित उत्तरगंगा जलासययुक्त जलविद्यूत अयोजना लगायतक पुर्वाधार भएकाले नगरपालिका बन्न कुनै समस्या नरहेको स्थानियको भनाई छ ।
ज्ञापन पत्र बुझ्दै स्थानिय विकाश अधिकारी रामप्रसाद आचार्यले बुर्तिबाङ क्षेत्रमा नगरपालिका बनाउनुपर्नेमा आफु सकारात्म भएको बताएको नेपाली काँग्रश बुर्तिबाङका सभापती सालिकराम शर्माले जानकारी दिनुभयो ।
टोलीमा काँग्रशबाट सभापती शर्मा, एकालेबाट केसर छन्त्याल, माओवादी केन्द्रबाट चित्र भण्डारी र राजमोबाट जिल्ला सचिव धर्मकुँवर लगायत रहनुभएको थियो ।