२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ईलाका नम्बर ११ को गाउँपालिका माग

२४ कार्तिक २०७३, बुधबार १३:०३

कृष्ण कँडेल/ कात्तिक २४, बागलुङ । भिङगिठेका राजनैतिकदलको अगुवाईमा ईलाका नम्बर–११ मा पर्ने ५ ओटा गाविसलाई समेटेर गाउँपालिका माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै ईलाका नम्बर–११ मा पर्ने भिमगिठे, दर्लिङ, ग्वालीचौर, जलजला र दगातुन्डाँडा गाविसलाई समेटेर गाउँपालिका बनाउन माग गरेका हुन् । 

उनिहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रवार दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग मिसाउने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिस प्रति कडा आपत्ति जनाउँदै जिल्ला प्रविधिक समितिलाई सोमबार नै माग राखेका थिए । 

आज जिल्लाका राजनैतिक नेतृत्वलाई आफ्ना माग सहितको ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका छन् । यस अघि ग्वालीचौर केन्द्र हुँदा आफुहरु मान्न तयार भएपनि प्रत्यक पटक फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जने बताएका छन् । 

गाउँपालिकाको केन्द्र ग्वालिचौर र भिमगिठेको विचमा राख्न सकिने एमालेका दिपक रायमाझीले बताउनुभयो । डेलिकेशन टोलिमा भिमगिठेबाट काँग्रशका दिपेन्द्र केसी, एमालेका कृष्ण भट्टराई सहभागी थिए । दर्लिङबाट काँग्रेशका भरतप्रताप केसी, एमालेका दिपक रायमाझि सहभागी थिए । ग्वालीचौरबाट काँग्रशका अर्जुन खरेल, एमालेका कमल आचार्य र माओवादीका राजिव घिमिरे सहभागी थिए । 

नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिालो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताउनुभो । 

रणसिंहकिटेनीले भने ईलाका नम्बर–९ का पाण्डखानी, सिसाखानी र रिघासँग ४ गाविसको गाउँपालिका बनाउन माग गरेको र त्यसो नभए ग्वालीचौर सहितको केन्द्रमा जाने मत राख्ने गरेको बताईन्छ । दगातुन्डाँडाले खर्बाङ केन्द्र बनाउनुपर्ने माग गर्दै आएको छ । भिमगिठे, दर्लिङ र ग्वालीचौरले अपायक पर्ने भन्दै खर्वाङ केन्द्र नमान्ने बताउने गरेका छन् । यि चार गाविसको विचमा केन्द्रको बार्गिनिङ हुँदै आएको छ । 

जिल्ला प्रविधिक समितिको अघिल्लो प्रश्तावमा भिङगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । कात्तिक १९ जिल्ला प्रविधिक समितिले भिङगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रश्ताव गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य