2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन: मन्त्री लेखक

कात्तिक २५, भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताउनुभएको छ । 

कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन गरी यसप्रति देखिएका असन्तुष्टि हटाउनु र स्थानीय तहको निर्वाचन गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेन्डा भएको बताउनुभएको हो । “स्थानीय तहको निर्वाचन गराउनुनै संविधान कार्यान्वयन हुनु हो ।” मन्त्री लेखकले भन्नुभयो– “त्यसका लागि सरकार तयारीका साथ अघि बढिरहेको छ ।” 

संविधानप्रति असन्तुष्टि जनाउँदै आएका विषयमा मधेसवादी दलसित लोकतान्त्रिक ढङ्गले समस्याको सम्बोधन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । 

त्यसैगरी महाकाली नदीमा चार लेनको ८०० मिटर लम्बाइको पक्की पुल निर्माण सम्बन्धी विस्तृत प्रतिवेदन भारत सरकारलाई अन्तिम सहमतिका लागि पठाइएको छ भन्दै उहाँले आगामी चार महिनाभित्र पुल निर्माणका लागि बोलपत्र आह्वान हुने विश्वास व्यक्त गर्नुभयो । 

साथै डडेल्धुराको शीर्ष, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गास्थित महाकाली नदीमा पक्की पुल बनाउने विषयमा पनि सकरात्मक ढङ्गले अघि बढिरहेको पनि मन्त्री लेखकले जानकारी दिनुभयो । 

मन्त्री लेखकलाई सम्मान 

रामलिला समिति कञ्चनपुरले आज भीमदत्तनगरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकलाई सम्मान गरेको छ । 

कञ्चनपुर क्षेत्र नं ४ का निर्वाचित सांसद समेत रहनुभएका मन्त्री लेखकले रामलिला महोत्सवमा पु¥याएको योगदान स्वरुप सो समितिले सम्मान गरेको हो । 

भीमदत्तनगरमा हालै सम्पन्न रामलिला महोत्सवमा ग सल्लाह, सुझाव एवम् सहयोग गरेको भन्दै समितिले सम्मान गरेको रामलिला उपसमिति संयोजक लोकबहादुर ठकुराठीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई