2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

तरुणको केन्द्रिय नेतृत्वमा बागलुङका खत्रीको उम्मेद्वारी

कृष्ण कँडेल, कात्तिक २५, बागलुङ । नेपाल तरुण दल बागलुङका पुर्वअध्यक्ष बागलुङ गलकोटका फमबहादुर खत्रीले तरुण दलको चौथो राष्ट्रिय अधिवेशनका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

खत्रीले एक दशक पछि यहि कार्तिक २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुन लागेको चौथो अधिवशनमा आफु केन्द्रिय सदस्यमा चुनाव लड्ने बताउनुभएको छ । 

बागलुङको मध्यभाग गलकोटबाट एक दशक पहिले जिल्ला अध्यक्ष भएर नेतृत्व सम्हालेको र पार्टि संगठन निर्माणमा निरन्तर लागेकाले धौलागिरीका तरुणहरुको प्रतिनिधित्व केन्द्रमा गर्न आफु तत्पर भएको खत्रीको भनाई छ । 

तल्लो तहमा बसेर काम गर्दै आएकाले आफुले युवा तथा तरुणका समस्या बुझेको भन्दै ति सरोकारलाई निति निर्माण तहमा पु¥याउन आफु निर्वाचित हुनुपर्ने खत्रीको दावि छ । 

‘मैले आफ्नो राजनितिक जीवनमा नेविसंघ, तरुण दल हुँदै पार्टिमा समेत योगदान गरेको छु ।’ खत्रीले भन्नुभयो,‘तल्लो तहमै बसेर युवाहरुसँग काम गर्दै आएको छु, अब केन्द्रमै गएर ति युवाको आवाजलाई स्थापित गर्दै आफ्नो पनि नेतृत्व विकास गर्न चाहन्छु ।’ खत्रीले आफु निस्वार्थ रुपमा समाजिक सुधार तथा पार्टि संगठन निर्माणमा निरन्तर लागेको हुँदा युवाहरुले आफुलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

अधिबेशनमा हुने निर्वाचन नेतृत्व चयनको लोकतान्त्रिक पद्धति भएका कारण आफु चुनाव लडेरै केन्द्रिय नेतृत्वमा जाने मनस्थितीमा रहको खत्रीको भनाई छ । 

‘नेपाली काँग्रशका भातृ संगठनहरुको अधिवेशन लामो समयसम्म नहुँदा युवाहरु नेतृत्व विकासमा बञ्चित हुनुप¥यो ।’ खत्रीले भन्नुभयो, ढिलै भएपनि प्राप्त भएको अवसरको सम्पुर्ण युवासाथीहरुले भरपुर प्रयोग गर्नुपर्छ ।’ उहाँले तरुण दल तथा राज्यकै लागि पनि युवा मैत्री निति निर्माणको लागि आफु सँधै लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई