2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फूल तार्ने क्रममा तामाकोशी नदिमा बगेर एक पुरुष बेपत्ता

ताराबहादुर महत, कार्तिक २५, दोलखा । हरिबोधनी एकादशीको अवसरमा फूलमाला तार्ने क्रममा तामाकोशी नदीले बगाएर दोलखाको भेड्पुका एक पुरुष बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ । 

आफ्नी स्वर्गीय आमाको नाममा फूलमाला तार्न गएका दोलखाको भेड्पु गाविस वडा नम्बर २ बाबियाखर्क निवासी ४७ बर्षिय बद्रबिक्रम भण्डारी बेपत्ता हुनुभएको उहाँका छिमेकी भाइ सुकदेव भण्डारीले जानकारी दिनुभयो । नदीमा पौडेर फुलमाला तार्न खोज्दा आज विहान करिब ९ बजेतिर उहाँलाई नदीले बगाएकोे बताइएको छ । नदीमा पौडिन लागेका भण्डारीलाई नदीले बगाएपछि सँगै फूलमाला तार्न गएका आफन्त र छिमेकीहरुले निकाल्न खोजे पनि उनीहरुको प्रयास असफल भएको स्थानियले बताएका छन् ।

आफन्त र छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी किर्नेको प्रहरी टोलि र स्थानियबासीहरुले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार रामेछाप प्रहरीलाई पनि खोजि कार्यका लागि दोलखा प्रहरीले अनुरोध गरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई