२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमा ३ बर्षपछि आफ्नै सचिव

२०७३, २५ कार्तिक बिहीबार १५:५९

कृष्ण कँडेल/कात्तिक २५, बागलुङ । बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसाशनिक तथा व्यापारिक केन्द्र रहेको बुर्तिबाङ गाविस कार्यालयले ३ बर्षपछि आफ्नै गाविस सचिव पाएको छ ।  

२०७० पुस २५ गते तत्कालिन गाविस सचिव नन्दराम भुषालले अबकाश लिएपछि अहिले सम्म अरु गाविसमा दरबन्दि भएका सचिवले बुर्तिबाङ गाविसमा सेवादिँदै आएका थिए । 

जिल्ला बन कार्यालय बागलुङका नायव सुब्बा चण्डिराज पौडेललाई जिल्ला विकास समितिले बुर्तिबाङ गाविस कार्यालयको सचिवको रुपमा पठाएपछि बुर्तिबाङले आफ्नै गाविसमा दरबन्दि सहितको सचिव पाएको हो । पौडेललाई जिल्ला विकास समितिले यहि कार्तिक १२ गतेको पत्र मार्फत बुर्तिबाङ गाविस हेर्ने गरि पठाएको स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

यस अघिका ३ बर्षमा अर्को गाविसमा दरबन्दि रहेका सचिवले हेर्नुपर्दा सचिवलाई सेवाप्रवाह गर्न तथा नागरिकलाई सेवा लिन समस्या हुने गरेको स्थानियले गुनासो गर्दै आएका थिए । 

जनसंख्याको चाप धेरै भएको नगर उन्मुख तथा एकीकृत सेवा केन्द्र सहितका कार्यालय भएको ठाउँमा पुर्ण जिम्मेवारीको सचिव नहुँदा काम प्रभावकारी हुन सकेको थिएन । 

नयाँ आउनुभएका सचिवपौडेलललाई खुङ्गा दरबन्दि भई अहिले सम्म बुर्तिबाङको काम हेर्दै आउनुभएका सचिव विष्णु प्रसाद शर्माले एक कार्यक्रमको आयोजनागरि बरबुझारथ गर्नुभएको छ । राजनितिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाको उपस्थितिमा बरवुझारथ पत्रमा उल्लेख भए अनुसार कार्यालयका कागजात, नगद, जिन्सि सामान, अन्य भौतिक सामग्री दुवै सचिवले हस्ताक्षर गरेर एक एक प्रति दिएका छन् । 

कार्यक्रममा बोल्दै नवआगन्तुक सचिव चण्डिराजपौडेलले तोकिएको नियम र मापदण्ड भित्र रहेर कामगर्ने प्रतिवद्धता जनाउनुभएको छ । पौडेलले राजनितिकदल, गाविस कार्यालय र सम्पुर्ण सरोकारवालाविच समन्वय र सहकार्य गरेर कामगर्ने बताउनुभयो । उहाँले सहकार्यका लागि सवैलाई आग्रह समेत गर्नुभयो । 

बुर्तिबाङमा १ बर्ष १२ दिन सेवादिएर आजदेखि आफ्नो जिम्मेवारी औपचारिक रुपमा हस्तान्त्रण गर्नुभएका सचिव विष्णुप्रसाद शर्माले आफ्नको कार्यकालमा सहयोग गर्ने राजनितिकदल र सरोकारवालालाई धन्यवाद दिनुभएको थियो । उहाँले आफ्नो गाविस सचिवजीवनमाबुर्तिबाङको कार्यकाल सवैभन्दा सहज भएकोमा खुसि व्यक्त गर्नुभयो । 

राजनितिकदलको तर्फबाट नेकपा माओवादी केन्द्रका चित्र भण्डारीले गाविसको विकास र सुधारका लागि सवैसँग सहकार्य गरेर कामगर्न नवआगन्तुक सचिवलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा नागरिक मञ्च बुर्तिबाङ–१ का संयोजक गुञ्जबहादुर भण्डारी र पत्रकारको तर्फबाट सामुदायिक रेडियो परिवर्तनका स्टेशनम्यानेजर राम सुवेदिले गाविसका गतिविधिमा पारदर्शिता काययम गरेर कामगर्न, बजेट विनियोजन तथा योजना निर्माणमा दिर्घकालिन प्राथमिकता कायम गरेर कामगर्न नवआगन्तिुक सचिव पौडेललाई सचेत गराउनुभएको थियो । 

कार्यक्रममा उपस्थित राजनितिकदल र सरोकारवालाले एक बर्ष गाविसको काम सम्पादन गरेर सहयोग गर्नुभएका सचिव विष्णुप्रसाद शर्मालाई धन्यावाद दिएका थिए । कार्यक्रम निवर्तमान गाविस सचिव विष्णुप्रसाद शर्माको अध्यक्षता र कार्यालय सहायक चुडामणि भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल