९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको कावासोतीमा देवचुली महोत्सव शुरु, हेर्नुस् केके भयो पहिलो दिन (१५ तस्बिर)

२५ कार्तिक २०७३, बिहीबार १६:१७

कार्तिक २५, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ विहिबारबाट सुरु भएको छ । मध्य नेपालको पहिलो  देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा नवलपरासीको कावासोतीमा थाना चोक पछाडीको कावासोती खेल मैदानमा महोत्सव आयोजना गरेको हो । महोत्सवको श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले भब्य समारोहका बिच उद्घाटन गरेका हुन् ।

संस्कृति संरक्षण पर्यटनको आधार, सम्बृद्ध राष्ट्रको लागि कृषि तथा उद्योग व्यापार भन्ने मूल नारा सहित १० दिने महोत्सव सहित बार्षिक उत्सव मनाउन लागिएको मेला आयोजक समितिले जानकारी दिएको छ । महोत्सवको उद्घाटन गर्दै श्रम मन्त्री गरुङले युवाहरुलाई स्वरोजगार बनाउने उदेश्य बोकी त्यसको सहयोगार्थ महोत्सव गरेको प्रति खुसी व्यक्त गरे ।

अहिले धेरै युवाहरु विदेशीएको स्वीकार गर्दै देश भित्र रोजगारीको अवस्था र्सिजना गर्न र बैदेशीक रोजगारीलाई सुरक्षीत बनाउन मन्त्रालय कृयाशील रहेको गुरुङले बताए । उनले भने, मैले विदेशी राजदूतसँग कुराकानी गरेको छु, विदेशमा नेपालीहरु मर्नुलाई सामान्य रुपमा लिने गरिएको रहेको, त्यसपति मेला गम्भीर ध्यानआर्कषण छ । 


कार्यक्रममा मन्तब्य ब्यक्त गदै नेपाली कागे्रस जिल्ला सभापति बिष्णु लामिछानेले  टेलिभिजनले स्थानीय स्तरमा पुर्याएको योगदानको प्रसंशा गरे । उनले भने, टेलिभिजन नवलपरासीको गौरवको बिषय हो, आठ बर्षको इतिहासमा पुर्याएको योगदानलाई सहयोग गर्ने माध्यम महोत्सव भएको उल्लेख गरे । 

नेकपा एमाले जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले महोत्सव उद्घाटन गर्दा  स्थानीयमा देखिएको अपनत्व मूल रुपमा देखा परेको बताए । उनले भने, यति ठूलो मानिसहरुको सहभागीतामा मेलाको उद्घाटन हुनु टेलिभिजनको लोकप्रियतासँग जोडिएको छ, यो मायालाई निरन्तरता दिनुपर्छ । 


पूर्व सांसद महेन्द्रध्वज जिसीले टेलिभिजनको क्षेत्रबाट कला संस्कृति संरक्षणको लागि देखाएको चासो प्रति खुसी व्यक्त गरे । जिसीले देवचुली महोत्सव नवलपरासी जिल्लामा भएका महोत्सव मध्य उत्कृष्ट र नयाँ ईतिहास रहेको बताए । 

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष भूपेन्द्र शर्मा भट्राईले महोत्सवमा हुने विभिन्न संघ संस्थासँगको अन्तरक्रिया र बहसले नीति निर्माण तहमा समेत ठूलो महत्व राख्ने बताए । 


मेला समितिका संयोजक एवंम देवचुली टेलिभिजनका अध्यक्ष केवी रानाले महोत्सवको उद्घाटनमा देखिएको सहभागीता टेलिभिजनको लागि नयाँ ईतिहास रहेको बताए ।  रानाले १ हजार युवाहरुलाई रोजगारी प्रदान गर्न टेलिभिजने नयाँ अभियान संचालन गरेको जानकारी दिए । उनले आफ्नो आफ्न्तको शव विदेशबाट भित्रिएको स्मरण गर्दै त्यो अवस्था अन्त्य गर्नको लागि मन्त्री गुरुङ र सरोकारवालाहरुको ध्यानाआर्कषण गराए ।

महोत्सव बाट संकलन भएको रकमबाट सामाजिक कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सक्दो सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।  महोत्सवको उद्घाटनको अवसरमा नवलपरासी जिल्लामा रहेका राजनीतिक दलहरुका प्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो ।


सोभा यात्रा २० हजार मानिस सहभागी  

प्रथम देवचुली महोत्सवको पहिलो दिनको उद्घाटन पूर्व कावासोतीमा निकालिएको शोभा यात्रामा यस क्षेत्रमा हुने महोत्सव मध्ये ठूलो संख्यामा मानिसहरु सहभागी बनेको सर्वसाधरणले प्रतिक्रिया दिएका छन् । कावासोतीका हरी कृष्ण सापकोटाले भने, महोत्सव धेरै ठाउँमा हेरहेको थिए र तर यति धेरै स्थानीयको सहभागीता शोभा यात्रा अहिले सम्म देखेको थिए । 

महोत्सव शुरु हुनु पूर्व कावासोती १६ डण्डाबाट कावासोती खेल मैदानको सम्म ५ किलो मिटरको दूरीमा हाक्ति सहितको शोभा यात्रा निकालिएको थियो । आयोजकले दिएको जानकारी अनुसार महोत्सवको शोभा यात्रा तथा पहिलो दिन २० हजार मानिसहरुले महोत्सवको अवलोकन गरेको दाबी गरेको छ । महोत्सवमा करिव २ सय ५० संघ संस्थाहरुले व्यानर सहित शोभा यात्रामा सहभागीता जनाएका थिए । 

र्यालीमा जातिय समूहहरुको लोपउन्मूख झाँकी समेत शोभा यात्रामा देखाईएको थियो । मेलाको लागि सजिएको कावासोतीमा झाँकीले रौनकता थपेको थियो । महोत्सवमा अहिले सम्म कै धेरै मानिसहरु शोभा यात्रामा सहभागी बनेको मेलामा पुग्ने दर्शकहरुले प्रतिक्रिया दिएका छन् । कार्यक्रमलाई भब्य बनाउन जिल्लाको विभिन्न स्थानबाट सर्वसाधरणहरु कावासोती भेला भएका थिए । हाक्ति सहितको शोभा यात्रामा पूर्व पश्चिम राजमार्गमा ३ किलो मिटरको दूरी सम्म मानिसहरुको लाईन थियो । 


देवचुली महोत्सवमा यी हुन मुख्य विशेषता

महोत्सव स्थल कावासोती खेल मैदानमा करिव २ सय स्टलहरु रहेको स्टल व्यवस्थापन समितिका संयोजक लाल प्रसाद बरालले जानकारी दिए । मेलामा कृषि प्रदर्शनी,  स्थानीय खाना महोत्सव, उद्योग व्यापारको स्टल प्रदर्शनी, जातिय मौलिक झांकी, लोपोन्मूख मौलिक नाँचहरुको प्रदर्शन हुनेछ । 

मेलामा मगर, तामाङ, गुरुङको घर, सुधारिएको बाख्राको खोर, मानविय व्यवहार देखाउने उँट, माछा पोखरी, नवलपरासी जिल्लामा उत्पादित सुन्तला र बाल उद्यानहरु मुख्य आर्कषणको केन्द्र हुन् । 

महोत्सवमा डान्स आईडल, कला संस्कृति संरक्षणमा टेवा पुर्याउने संघ संस्थालाई सम्मान, कला संस्कृति संरक्षणको लागि विभिन्न समूहलाई बाजा गाजा हस्तान्तरण र चर्चित कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुती महोत्सव अबधि सम्म रहेनेछ । 


अझै सामाजिक सहयोग जुटाउने मन छ: ट्रेस भान रेजवाईज (मंमी)

नवलपरासी जिल्ला लगाएत देशका विभिन्न स्थानमा सामाजिक कार्यमा योगदान पुर्याउने नेदरल्याण्डका एक जना नागरिकलाई नागरिक अभिनन्दन गरिएको छ ।

बालबालिकाको क्षेत्रमा पूर्याएको योगदानको प्रशंसा गर्दै ट्रेस भान रेजवाईज (मंमी) लाई देवचुली टेलिभिजनले सम्मान गरेको हो । नेपाल घुम्न आएकी मंमी नवलपरासीमा एउटी अनाथ कुमारी नाम गरेकी बालिका भेटेपछि उनलाई विदेशमा लगेकी थिईन् ।

यस्तै धेरै बालबालिका नेपालमा रहेको भन्र्दै कुमारी शैक्षिक गुठी संचालन गरेर उनले बालबालिकाको लागि सहयोग जुटाउन थालेकी थिईन् । उनले विदेशमा उठाएको रकमबाट यहाँ विभिन्न सामाजिक कार्यमा खर्च गर्ने गरिएको छ । 

नागरिक अभिनन्दन गरिएकोमा खुसी व्यक्त गर्दै ट्रेस भानले अझै सामाजिक कार्यमा लाग्ने पे्ररणा मिलेको बताईन् । उनले भनिन्, यो कुरा मेरो देशका नागरिकहरुलाई सुनाउँछु,  अनि मैले पाएको सम्मान टड टिभी प्रशारण गर्छु, जस्ले गर्दा मलाई सहयोग जुटाउन निकै ठूलो सहयोग मिल्नेछ । उनले यसरी सामाजिक कार्यमा सहकार्य गर्न थालेको ३० बर्ष पुगेको छ ।


तस्बिरः गोपिकृष्ण चापागाई । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो