२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुर क्षेत्रलाई प्रदेश ५ मै राख्न थारुद्धारा प्रधानमन्त्रिलाई ज्ञापनपत्र

२६ कार्तिक २०७३, शुक्रबार १२:१२

मोहम्मद ईजहार शेष, कात्र्तिक २६, परासी । जिल्लाका थारु समुदायले नवलपरासी जिल्लालाई टुक्रयाइ नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा राख्नका लागि माग गर्दै प्रधानमन्त्रिलाई शुक्रवार ज्ञापनपत्र पठाएका छन् । थरुहट मधेश आन्दोलनको मर्म र भावना विपरित रहेको रहेको र चितवन देखी पश्चिम मधेशलाई थरुहट प्रदेश बाउनु पर्ने माग गर्दै थारुकल्याणकारी सभाको एक टोलीले जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्फत सो ज्ञपानपत्र पठाएका हुन् ।

आदीमकाल देखी तराईमा बस्दै आएका थारुबासीहरुलाई अन्य समुदायसंग मिसाउने गरि गैरथारु प्रदेशमा मिसाउन खोजेको आरोप समेत लगाएका छन् । प्रादेशिक सिमाना गर्दा थारु बाहुल्य रहेको नवलपुर क्षेत्रलाई थारु बाहुल्य रहने प्रदेश नम्बर ५ मा नराखी प्रदेश नम्बर ४ मा राख्ने षणयन्त्रमुलक कार्यको विरोध गर्दै थारुको बाहुल्य रहने चितवन देखी कन्चनपुरसम्मको तराईका जिल्लालाई प्रदेश नम्बर ५मा राख्नु पर्ने माग थारुकल्याणकारी सभाा जिल्ला कार्य समिति नवलपरासीका सभापति गणेशमान महतोद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख रहेको छ । साथै राज्यपुर्नसंरचना अन्तरगत नै प्रदेशकै टुगोँ नलागेको हुदा संघिय राज्य र लोकतन्त्रको भावना र मर्म विपरित,वर्तमान अवस्थामा सरकारले गर्न लागेको स्थानिय निकाय पुनःसंरचना कार्यलाई प्रदेशको सिमाँकन नभएसम्म तुरन्तर स्थगित गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन