कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफू"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफू"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

तरुण दल केन्द्रीय सदस्यमा कंडेलको उम्मेदवारी

२७ कार्तिक २०७३, शनिबार ०६:०१

कात्तिक २७, नुवाकोट । लामो समयपछि यहि २७ गतेदेखि पोखरामा हुन लागेको नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनमा तरुण नेता राजु कडेलले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रूपमा अघिसार्ने घोषणा गरेका छन् । 

राजनितीमा स्वस्छ छबि भएका वर्गको तर्फबाट उम्मेदवारी घोषणा गर्दै नेता कडेलले  सधैं छाँयामा परेका इमान्दार र लगनशिल वर्गलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको बताए ।

उम्मेदवारी घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भदु्टार नुवाकोटका जुझारु नेता कडेलले  मुलुक यतिखेर अत्यन्तै जटिल मोडमा रहेको र त्यसको निकासका लागि संविधानसभाबाट जारी गरिएको संविधान कार्यान्वयन गर्नु अपरिहार्य भएकाले उक्त कार्यका लागि तरुण यूवाको भूमिका अग्रणी हुने बताए । आफूले  सांगठनिक विस्तारका लागि दिन रात नभनेर लाग्ने प्रतिबद्धता जनाए ।

तरुणहरु परिवर्तनका संवाहक भएकोले अब युवा सुहाउँदो संगठन र देशले चाहेको जस्तो राजनीति हुनुपर्ने कडेलले को भनाई छ । अहिले नेपाली राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गरी सामाजिक न्यायका लागि एक थोपा रगत शरीरमा भएसम्म लडिरहने उनको प्रण थियो । देशबाट दिन दुइगुणा रात चारगुणाका दरले युवा शक्ति बाहिरिएको कुरालाई मध्यनजर गर्दै यो प्रवृत्ति रोक्न तरुण दलले नेतृत्वदायी भूमिका निर्वाह गर्न–गारउन आफू लागि पर्ने पनि नेता कडेलले ले बताए ।

विगतमा जस्तो लामो समयसम्म महाधिवेशन नहुने कुरालाई अन्त्य गराई नेतृत्व विकासका लागि समयमै महाधिवेशन गराउन आफूहरू प्रतिबद्ध रहने उनको कथन छ । 

संगठनभित्रको गुट, उपगुटलाई अन्त्य गरी संगठनभित्र कामको आधारमा नाम र मान दिने संस्कारको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको पनि नेता कडेलले  बताए । 

सयौं शहिदको बलिदानीबाट प्राप्त लोकतन्त्रलाई अझै पनि चौतर्फी आक्रमणको खतरा भएकोले लोकतन्त्रको रक्षाका लागि आफू टाउकोमा कफन बाँधेर रक्षाकवजका रुपमा सधैं अग्रमोर्चामा रहने प्रतिवद्धता समेत तरुण नेता कडेलले  जाहेर गरे । तरुणका माझ लोकप्रिय मानिएका नुवाकोटका नेता कडेल महाधिवेशनबाट अवश्य विजयी हुने मा कैयन महाधिवेश प्रतिनिधिहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह