कात्तिक २७, काठमाडौँ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । 

मुलुकभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाडौँ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । 

मुलुकभ"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुँदै

२०७३, २७ कार्तिक शनिबार ०९:११


कात्तिक २७, काठमाडौँ । आगामी डेढ महिनाभित्र नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा ४५ मेगावाट विद्युत् थप हुने भएको छ । 

मुलुकभर हाल प्राधिकरण र निजी क्षेत्रको गरी कुल जडित क्षमता ७८४ मेगावाट रहेको छ । कुल ५३ जलविद्युत् आयोजनाबाट उक्त क्षमतामा विद्युत् उत्पादन भइरहेको भए पनि ‘गोरखा भूकम्प’ र बाढीका कारण ४५ मेगावाट क्षमताको मध्य भोटेकोसी सञ्चालनमा रहेको छैन भने अन्य केही साना आयोजनाले अझै विद्युत् उत्पादन गर्न सकेका छैनन् । 

ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २५ मेगावाट क्षमताको ‘मादी ए’ जलविद्युत् आयोजनाले आगामी एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने जानकारी दिनुभयो । यस्तै ६ मेगावाटको दरौँदी आयोजना सम्पन्न भइसकेको छ । 

सो आयोजनाले पनि आगामी महिनाभित्रै प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा विद्युत् थप गर्ने लक्ष्य राखेको छ । यस्तै १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना पनि प्राधिकरणको प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । सो आयोजनाले केही समय पहिल्यै परीक्षण प्रसारण सम्पन्न गरिसकेको छ । 

यस्तै अर्को दुई महिनामा १२ मेगावाट बिजुली थप हुने मन्त्रालयका सचिव उपाध्यायले जानकारी दिनुभयो । हाल ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ए आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ । 

सो आयोजनाबाट हाल २५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ भने प्राविधिक तयारीपछि २५ मेगावाट थप हुनेछ । सगरमाथा सिनो हाइड्रोले निर्माण गरेको सो आयोजनामा नेपाली र चिनियाँ लगानीकर्ताको संयुक्त लगानी रहेको छ । 

विदेशी लगानीमा निर्माण हुने आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता ९पीडीए० को प्रक्रिया पनि सुरु गरिएको सचिव उपाध्यायले जानकारी दिनुभयो । उहाँकाअनुसार अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले माथिल्लो त्रिशुली १ आयोजनाको प्रवद्र्धक कोरियाको कम्पनीसँग पीडीए अन्तिम चरणमा पुगेको छ । 

सरकारले चालु आवको अन्त्यसम्म करिब दुई सय मेगावाट विद्युत् थप हुने बताउँदै आएको छ । त्यसमा कुलेखानी तेस्रो १४ मेगावाट, चमेलिया ३२ मेगावाट र निजी क्षेत्रका अन्य आयोजना रहेको मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित