२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मतदाता नामावली संकलन सहयोग समिति गठन

२०७३, २८ कार्तिक आईतवार १३:१०

कृष्ण कँडेल/कात्तिक २८, बुर्तिबाङ । मतदाता नामावली अद्यावधिक गर्ने काममा सहयोग गर्नका लागि बुर्तिबाङ गाउँ विकास समितिमा सहयोग समिति गठन गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय बागलुङले सुरु गरेको अभियानलाई सहजिकरण गर्न गाविस सचिव चण्डीराज पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

सदस्यमा गाविसमा क्रियाशिल सवै राजनितिक दलका प्रतिनिधि रहेका छन् भने सामाजिक परिचालन विष्णु विश्वकर्मालाई मतदाता शिक्षा सहजककर्ता तोकिएको छ । 

सहयोग समितिको सदस्यमा नेपाली काँग्रेशका बानबहादुर छन्त्याल, नेकपा एमालेका ज्ञानप्रसाद कँडेल, नेकपा माओवादी केन्द्रका चित्रबहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका धनबहादुर खत्री, नेकपा क्रान्तिकारी माओवादीका गुञ्जबहादुर भण्डारी र नेकपा माओवादीका हरि कुँवर रहनुभएको छ । त्यस्तै उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी कँडेल र बुर्तिबाङ राईजिङ युवा क्लवबाट अध्यक्ष विनोद भण्डारी पनि सदस्य रहनुभएको छन । 

बुर्तिबाङ गाविसमा मंसिर १२ र १३ गते नयाँ नामावली संकलन, त्रुटि सच्याउने, दावि विरोध भए प्रक्रिया अनुसार हटाउने काम सुरु हुने गाविस सचिव तथा सहयोग समितिका संयोजक चण्डीराज पौडेलले जानकारी दिनुभयो ।  

बुर्तिबाङ गाविसको बैठकले बाढि पहिरोबाट घर पुर्ण रुपमा क्षेती भएका र अन्यत्र घर नभएका नागरिकले नेपाल सरकारले उपलब्ध गराउने थप १५ हजार राहात रकम उपलब्ध गराउन वडा नागरिक मञ्चबाट सिफारिस लिने निर्णय भएको छ । 

सरकारले बाढि पहिरोबाट बस्दै आएको घर पुर्ण रुपमा क्षेती भएका र अन्यत्र अर्को घर नभएका नागरिकलाई १५ हजार थप राहत रकम उपलब्ध गराउँदै छ । यस अघि जिल्ला विकास समितिबाट ५ हजार र जिल्ला प्रसाशन कार्यालयबाट १० हजार रकम पाएका थिए । गाविसका ६ घरधुरी अतिप्रभावित मध्ये उनिहरुको घर भए नभएको बारेमा वडा नागरिक मञ्चसँग बुझेर छनोट गरि जिल्लामा पठाउने निर्णय भएको हो ।

 आजै बुर्तिबाङ गाविसमा एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापाको उपस्थितिमा भएको सर्वदलिय वैठकले लक्ष्मी कुण्डघाट मर्मतका लागि गुञ्जबहादुर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरेको छ । यस अघि कात्तिक ८ गते भएको बुर्तिबाङ नगरविकास समितिको वैठकले एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापाको संयोजकत्वमा घाट मर्मत सहयोग तथा आर्थिक व्यवस्थापन समिति गठन गरेको थियो । 

थापाले घाट मर्मतका लागि प्रसासनको तर्फबाट सहयोग समन्वय गर्ने काम भएपनि आफै संयोजक भएर काम गर्न नमिल्ने तथा कार्य व्यस्तताका कारण नभ्याउने भन्दै नयाँ विकल्प खोज्नुपर्ने धारणा राखेपछि अर्को समिति गठन गरिएको हो । 

गत साउनको बढि पहिरोले बगाएपछि अवरुद्ध बनेको घाट मर्मतका लागि जिल्ला विकास समिति र जिल्ला जलउत्पन्न प्रकोप डिभिजन कार्यालयबाट ५०÷५० थान ग्याविन जाली ल्याएर मर्मतको काम थालिएको छ । 

मर्मतका लागि दिवा निर्माण सेवाले ४० हजार दिएपनि थप १ लाख ८० हजार आबश्यक पर्ने भएकाले नपुग रकम जुटाउन पनि नवगठित उपभोक्ता समितिले श्रोत जुटाएर काम गर्ने भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला