कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई ज"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको निशानामा १ करोड १० लाख बिदेशी, जेल वा निर्वासित गरिने

२९ कार्तिक २०७३, सोमबार ०३:१७

कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई जेलमा हालिनेछ । 

अमरीकी च्यानल 'सीबीएस' सँगको साक्षात्कारमा बोल्दै ट्रम्पले आफ्नो कारबाही आपराधिक रेकर्ड भएका प्रवासीहरुमा केन्द्रित हुने बताए । उनको अनुसार सुरुवातमा आपराधिक कार्यमा संलग्न समुह तथा व्यक्ति र ड्रग डीलरहरुलाई कारबाहीको दायरामा ल्याइने छ । उनको अनुसार अमेरिकामा त्यस्ता व्यक्ति लगभग २० लाखको संख्यामा रहेको आंकलन गरेका छन् । उनले भनेका छन् 'खोज्दै जाँदा यस्ता मानिसको संख्या ३० लाख पनि पुग्न सक्छ, हामी उनीहरुलाई अमेरिकाबाट निर्वासित गर्न सक्छौं वा जेलमा हाल्न सक्छौं ।'

अमरीकामा करीब १ करोड १० लाख प्रवासीहरु यस्ता छन् जो बिना इजाजत बस्दै आएका छन् । यिनिहरुमध्ये मेक्सिबाट आएका प्रवासीहरुको संख्या बढी छ । ट्रम्पले चुनाव अभियानको क्रममा भनेका थिए कि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा शुरु भएको माफी योजना समाप्त गरिनेछ र अमेरिकाको आप्रवासन कानून निकै कडा तरिकाले लागु गरिनेछ । उनले भनेका छन् – 'जोसँग वैध दस्तावेज छैन, जोसँग अमेरिकामा बस्न इजाजत पत्र छैन, उनीहरुलाई अमेरिकाबाट निकालिनेछ ।'

मेक्सिकोको सिमानाको बारेमा उनले भनेका छन् कि केहि हिस्सामा पर्खाल उपयुक्त छ तर केहि स्थानमा बार लगाइन सकिन्छ । ट्रम्पले तत्काल सिमा सुरक्षा नीति लागु गर्ने र त्यसपछी अवैध रुपमा अमेरिका बस्दै आएका प्रवासीहरुको आंकलन गरि आवश्यक कदम चालिने बताएका छन् । 

अमरीकामा गत मंगलवार भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकि हिलेरी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी राष्ट्रपति बन्न सफल भएका हुन् । उनले अब आउँदो २० जनवरीदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अमरीकी कांग्रेसको दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत भएका कारण ट्रम्पले लिएका नीतिहरु सहज रुपमा लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो