कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई ज"/>
2026-07-25 02:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको निशानामा १ करोड १० लाख बिदेशी, जेल वा निर्वासित गरिने

कात्तिक २९, काठमाडौँ | अमरीकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् कि शुरुवातमै ३० लाख अवैध प्रवासहरुलाई अमेरिकाबाट निर्वासित गरिनेछ वा उनीहरुलाई जेलमा हालिनेछ । 

अमरीकी च्यानल ‘सीबीएस’ सँगको साक्षात्कारमा बोल्दै ट्रम्पले आफ्नो कारबाही आपराधिक रेकर्ड भएका प्रवासीहरुमा केन्द्रित हुने बताए । उनको अनुसार सुरुवातमा आपराधिक कार्यमा संलग्न समुह तथा व्यक्ति र ड्रग डीलरहरुलाई कारबाहीको दायरामा ल्याइने छ । उनको अनुसार अमेरिकामा त्यस्ता व्यक्ति लगभग २० लाखको संख्यामा रहेको आंकलन गरेका छन् । उनले भनेका छन् ‘खोज्दै जाँदा यस्ता मानिसको संख्या ३० लाख पनि पुग्न सक्छ, हामी उनीहरुलाई अमेरिकाबाट निर्वासित गर्न सक्छौं वा जेलमा हाल्न सक्छौं ।’

अमरीकामा करीब १ करोड १० लाख प्रवासीहरु यस्ता छन् जो बिना इजाजत बस्दै आएका छन् । यिनिहरुमध्ये मेक्सिबाट आएका प्रवासीहरुको संख्या बढी छ । ट्रम्पले चुनाव अभियानको क्रममा भनेका थिए कि राष्ट्रपति बाराक ओबामाको कार्यकालमा शुरु भएको माफी योजना समाप्त गरिनेछ र अमेरिकाको आप्रवासन कानून निकै कडा तरिकाले लागु गरिनेछ । उनले भनेका छन् – ‘जोसँग वैध दस्तावेज छैन, जोसँग अमेरिकामा बस्न इजाजत पत्र छैन, उनीहरुलाई अमेरिकाबाट निकालिनेछ ।’

मेक्सिकोको सिमानाको बारेमा उनले भनेका छन् कि केहि हिस्सामा पर्खाल उपयुक्त छ तर केहि स्थानमा बार लगाइन सकिन्छ । ट्रम्पले तत्काल सिमा सुरक्षा नीति लागु गर्ने र त्यसपछी अवैध रुपमा अमेरिका बस्दै आएका प्रवासीहरुको आंकलन गरि आवश्यक कदम चालिने बताएका छन् । 

अमरीकामा गत मंगलवार भएको राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकि हिलेरी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी राष्ट्रपति बन्न सफल भएका हुन् । उनले अब आउँदो २० जनवरीदेखि आफ्नो कार्यभार सम्हाल्नेछन् । अमरीकी कांग्रेसको दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत भएका कारण ट्रम्पले लिएका नीतिहरु सहज रुपमा लागु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक