कात्तिक २९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहय"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजाता कोइरालालाई पचास लाख दिइएकामा सांसदको आपत्ति

२९ कार्तिक २०७३, सोमबार ०७:५०

कात्तिक २९, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहयोग दिइएकामा आपत्ति जनाएको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्यविधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताउनुभयो । 

उहाँले भन्नुभयो – “जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक छ । मापदण्ड नै नबनाई रकम बाँडिनु पूर्णतः गलत छ ।’’ 

वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई रु ६० लाख रकम बाँडिएको, उहाँका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार रकमको अभावमा भैरहवामा निधन हुनु कसरी तालमेल भयो भन्दै सांसद ज्वालाले आपत्ति जनाउनुभयो । 

उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्यविधि बनाएरमात्रै दिन र मनलाग्दी तबरले राज्यकोषको रकम नबाँड्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्वास्थ्यमन्त्रीले कार्यविधि ल्याउन लागेको भनेर प्रचार गराउने तर आफ्नै पार्टीका नेतालाई रकम वितरण गर्ने प्रवृत्ति पूर्णतः गलत भएको धारणा राख्नुभयो । 

राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र)का सांसद दुलारी हरिजनले छठ पर्वको समयमा सार्वजनिक पोखरीमा नुहाउनसमेत नदिएको भन्दै दोषीउपर कारबाही गर्न माग गर्नुपर्ने बताउनुभयो । 

नेपाली काँग्रेसका सांसद ईश्वरी न्यौपाने धान काट्ने समयमा किसानले धानको उचित मूल्य नपाएको भन्दै धानको समर्थन मूल्य तोक्न र सरकारले नै धान उत्पादन हुने क्षेत्रमा काँटा राखेर खरिद गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नेकपा (माले)का सांसद चन्द्रप्रकाश (सिपी) मैनालीले आवश्यकताका आधारमा मात्रै संविधान संशोधन गर्न आग्रह गर्नुभयो । उहाँले राज्यका महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई कुनै पनि स्थान दिन नहुने र हचुवाका आधारमा राज्य पुनःसंरचना गर्न नहुने धारणा राख्नुभयो । 

नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापाले भूकम्पपीडित जनताले हालसम्म राहत रकम नपाएको, स्वास्थ्यकर्मीको अभावमा नागरिक उपचार नपाएर मर्नुपरेको भन्दै गुनासो गर्नुभयो । उहाँले आफ्नो सम्पत्ति भएकालाई राज्यकोषबाट रकम दिने व्यवस्था तत्काल अन्त्य गर्न आग्रह गर्नुभयो । 

नेकपा (एमाले)का सांसद चूडामणि जङ्गलीले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा मध्यरातसम्म लाइनमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

उहाँले बोर्डको कार्यालय मुलुकका विभिन्न स्थानमा विस्तार गर्न र सहज रुपमा सेवा प्रदान गर्न र वैदेशिक रोजगारीमा जाने युवालाई सहज रुपमा कागजी प्रक्रिया पूरा गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा