कात्तिक २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डको निधन भएको छ ।

एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डको निधन भएको छ ।

एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी सांसद् भक्तिप्रसाद पाण्डेको निधन

२०७३, २९ कार्तिक सोमबार ०९:१०

कात्तिक २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डको निधन भएको छ ।

एकवर्षदेखि क्यान्सरबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा सोमबार विहान निधन भएको हो । ६२ वर्षे पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिनेछ ।

अर्घाखाँचीको अर्घातोष– ५ मा २०११ पुष ५ मा जन्मिउका पण्डेलार्इ माओवादी समूहभित्र चाचा उपनामले चिनिन्छ । युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए ।

पाण्डे सानैदेखि विद्रोही स्वाभावका थिए र त्यही विद्रोही स्वाभावकै कारण उनी १८ वर्षकै उमेरमा २०२९ सालमा अर्घाखाँचीमा भएको चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेका थिए ।

उनले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट  राजनीति शुरु गरे । नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडे । मसालमा विद्रोह गरेर तत्कालीन नेकपा माओवादीसँग एकता गर्दा दीनानाथ शर्माको समूहमा उनी पनि थिए ।  

उनी जनयुद्धको दौरानमा पार्टीभित्र चर्को अन्तरविरोध हुंदा पनि प्रचण्ड–बाबुराम दुवैले अत्यन्तै विश्वास गर्ने थोरै मध्येको एउटा पात्र थिए । पार्टीभित्र उनको छवि सधै इमान्दार, निडर र क्रान्तिकारी योद्धाको रुपमा रहेको थियो । पाण्डेका एक छोरा, एक छोरी र  श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी