२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ४ नगर सहित १० स्थानिय निकाय

२०७३, २९ कार्तिक सोमबार १३:१३

कृष्ण कँडेल/कात्तिक २९, बागलुङ । बागलुङमा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका सहित १० वटा स्थानिय निकाय बनाउन दलहरु सहमत भएका छन् । 

केहि विषयमा नेपाली काँग्रेश र नेकपा माओवादी केन्द्रले असहमती राखेको छ । पछिल्लो पटक स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले दिएको ११ वटाको अधिकतम संख्या भित्रै रहेर प्रश्ताव तयार पारिएको हो । 

सवै विषयमा सर्वसम्मत हुन नसकेपछि दलहरुको अधिकतम सहमतीमा बागलुङ, गलकोट, ढोरपाटन र जैमुनि नगरपालिका प्रश्ताव गरिएको गरिएको जिल्ला प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । 

बागलुङ नगरपालिकामा पहिलेको नगर क्षेत्र सहित मालिका, पालाको वडा नम्बर–६ देखि ९, सिगानाको वडा नम्बर–६ बाहेक सवै, तित्याङ, भकुण्डे, रायडाँडा, अमालाचौर, नारायणस्थान र पैयुँपाटा गाविस परेका छन् । केन्द्र बागलुङ बजार नै हुने छ । 

हरिचौरको मजुवाफाँट केन्द्र रहने गलकोट नगरपालिकामा हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटि, दुदिलाभाटी, रिघाको वडा नम्बर–३ र ६ तथा पाण्डवखानीको वडा नम्बर–३ र ४ परेका छन् । 

ताराखोलाका ४ वटा गाविस र तमानखोलाका ३ वटा गाविसको छुट्टैछुट्टै दुई वटा विशेष क्षेत्र बनाउने सहमती भएको छ । भातखानेडाँडा केन्द्र रहने ताराखोला गाउँपालिकामा तारा, हिल, अर्गल र अमरभुमि गाविस छन् । बोङ्गादोभान केन्द्र रहने तमानालोला गाउँपालिकामा तमान, बाङ्गादोभान र खुङ्खानी गाविस परेका छन् ।  

ग्वालीचौर खर्बाङ केन्द्र रहने बढिघाट गाउँपालिकामा भिमगिठे, दर्लिङ, ग्वालीचौर, रणसिंहकिटेनी, जलजला, पाण्डवखानीको वडा नम्बर–३ र ४ बाहेक सवै, रिघाको वडा नम्बर–३ र ६ बाहेक सवै, दगातुन्डाँडा र सिसाखानी गाविस परेका छन् । 

बरेङ बाजर केन्द्र रहने बरेङ गाउँपालिका सल्यान, सुखौरा, बाटाकाचौर, हुग्दीशिर, धुल्लुबाँस्कोट राङखानी र पैयुँथन्थापको वडा नम्बर–१, २ र ९ वडा परेका छन् । 

अक्षेते सुल्डाँडा केन्द्र रहने काँठेखोला गाउँपालिकामा पाला गाविसको वडा नम्बर–१ देखि ५, सिगानाको वडा नम्बर–६, रेश, लेखानी, विहुँ, तङ्ग्राम, धम्जा र भिमापोखरा गाविस परेका छन् । 

झिवाखोला केन्द्र रहने गरि निसीखोला गाउँपालिकामा निसी, बोहरागाउँ र देविस्थान गाविस परेको राष्ट्रिय जनमोर्चा बागलङका अध्यक्ष अमर थापाले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ