२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा ४ नगर सहित १० स्थानिय निकाय

२९ कार्तिक २०७३, सोमबार १३:१३

कृष्ण कँडेल/कात्तिक २९, बागलुङ । बागलुङमा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका सहित १० वटा स्थानिय निकाय बनाउन दलहरु सहमत भएका छन् । 

केहि विषयमा नेपाली काँग्रेश र नेकपा माओवादी केन्द्रले असहमती राखेको छ । पछिल्लो पटक स्थानिय निकाय संख्या तथा सिमाना निर्धारण आयोगले दिएको ११ वटाको अधिकतम संख्या भित्रै रहेर प्रश्ताव तयार पारिएको हो । 

सवै विषयमा सर्वसम्मत हुन नसकेपछि दलहरुको अधिकतम सहमतीमा बागलुङ, गलकोट, ढोरपाटन र जैमुनि नगरपालिका प्रश्ताव गरिएको गरिएको जिल्ला प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए । 

बागलुङ नगरपालिकामा पहिलेको नगर क्षेत्र सहित मालिका, पालाको वडा नम्बर–६ देखि ९, सिगानाको वडा नम्बर–६ बाहेक सवै, तित्याङ, भकुण्डे, रायडाँडा, अमालाचौर, नारायणस्थान र पैयुँपाटा गाविस परेका छन् । केन्द्र बागलुङ बजार नै हुने छ । 

हरिचौरको मजुवाफाँट केन्द्र रहने गलकोट नगरपालिकामा हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटि, दुदिलाभाटी, रिघाको वडा नम्बर–३ र ६ तथा पाण्डवखानीको वडा नम्बर–३ र ४ परेका छन् । 

ताराखोलाका ४ वटा गाविस र तमानखोलाका ३ वटा गाविसको छुट्टैछुट्टै दुई वटा विशेष क्षेत्र बनाउने सहमती भएको छ । भातखानेडाँडा केन्द्र रहने ताराखोला गाउँपालिकामा तारा, हिल, अर्गल र अमरभुमि गाविस छन् । बोङ्गादोभान केन्द्र रहने तमानालोला गाउँपालिकामा तमान, बाङ्गादोभान र खुङ्खानी गाविस परेका छन् ।  

ग्वालीचौर खर्बाङ केन्द्र रहने बढिघाट गाउँपालिकामा भिमगिठे, दर्लिङ, ग्वालीचौर, रणसिंहकिटेनी, जलजला, पाण्डवखानीको वडा नम्बर–३ र ४ बाहेक सवै, रिघाको वडा नम्बर–३ र ६ बाहेक सवै, दगातुन्डाँडा र सिसाखानी गाविस परेका छन् । 

बरेङ बाजर केन्द्र रहने बरेङ गाउँपालिका सल्यान, सुखौरा, बाटाकाचौर, हुग्दीशिर, धुल्लुबाँस्कोट राङखानी र पैयुँथन्थापको वडा नम्बर–१, २ र ९ वडा परेका छन् । 

अक्षेते सुल्डाँडा केन्द्र रहने काँठेखोला गाउँपालिकामा पाला गाविसको वडा नम्बर–१ देखि ५, सिगानाको वडा नम्बर–६, रेश, लेखानी, विहुँ, तङ्ग्राम, धम्जा र भिमापोखरा गाविस परेका छन् । 

झिवाखोला केन्द्र रहने गरि निसीखोला गाउँपालिकामा निसी, बोहरागाउँ र देविस्थान गाविस परेको राष्ट्रिय जनमोर्चा बागलङका अध्यक्ष अमर थापाले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य