कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । 
<"/>

2026-09-08 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको अभाव


कात्तिक ३०, पाल्पा । पर्यटकीय नगरी पाल्पामा पूर्वाधारको विकास नहुनु तथा प्याकेज कार्यक्रम नभएकाले पर्यटकको बसोबास लम्ब्याउन समस्या हुन थालेको छ । 

पाल्पामा पर्यटकीय गन्तव्य प्रसस्त रहेपनि पूर्वाधारको विकास हुन नसक्दा पर्यटक बसाइ लम्ब्याउन समस्या भएको हो । शीतल हावापानी पर्यटकका लागि घुमफिर गर्ने स्थल प्रशस्त भएपनि पूर्वाधारको अभावले पर्यटकको बसाइ लम्ब्याउन समस्या झेल्नुपरेको हो । 

पाल्पा नेपालकै घुमफिर गर्ने रमणीयस्थल भएपनि र पर्यटकलाई लालायित गर्ने सम्पदा प्रशस्त रहेपनि पछिल्ला वर्षमा थप पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई पाल्पा घुमफिरमा समस्या हुँदै आएको छ । 

पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाद्वारा सोमबार आयोजित सञ्चारकर्मीसँग सुझाव सङ्कलन कार्यक्रमका सहभागीले पूर्वाधार अवस्था कमजोर रहेकाले त्यसलाई निर्माण र पुनःनिर्माण हुनुपर्ने खाँचो रहेको आँैल्याएका हुन् । 

पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक सञ्जाल, सहज यातायात सेवा, पर्यटन सूचना केन्द्र, होटलको उचित व्यवस्था, सञ्चारको पहँुच, सभा हल, विमानस्थल, जलयात्रा सञ्चालन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रचार तथा पुनःनिर्माण गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । 

वरिष्ठ पत्रकार मेघराज शर्माले निजी क्षेत्रले पाल्पालाई अघि बढाउन ठूलो हात रहेपनि मिडिया र निजी क्षेत्रको समन्वय हुन नसकेको बताउनुभयो । पाल्पा टाइम्स साप्ताहिकका प्रधान सम्पादक झपीन्द्र गैरेले पर्यटकीय क्षेत्रको विकासको प्रचारका लागि मिडियाको ठूलो भूमिका रहेको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ पाल्पाका सचिव किरण कौशलले नेपाल पत्रकार महासङ्घ र उद्योग वाणिज्य सङ्घ सहकार्य गरेर अघि बढ्न सकेको अवस्थामा पर्यटकीय क्षेत्रको समेत विकास हुने बताउनुभयो । उद्योग वाणिज्य संघ पाल्पाका पूर्व अध्यक्ष राजु महर्जन सडक लगायतका पूर्वाधार विकास गरेर पाल्पामा अझै पर्यटक भित्र्याउन सकिने बताउनुहुन्छ । 

पाल्पा उद्योग वाणिज्य सङ्घले जिल्लाका हार्थोक, छहरा, तानसेन, आर्यभञ्याङ्गलगायतका स्थानमा सदस्यसँग राय सल्लाह, सुझाव सङ्कलन गरी जिल्लालाई पर्यटकीय गन्तव्य बनाउनका लागि अघि बढ्ने उवासङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो