कविता उपाध्याय/कात्तिक ३०, रोल्पा । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी)"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/कात्तिक ३०, रोल्पा । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी)"/>

2026-06-20 03:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साली र भिनाजुको कुटाइबाट सुनकुमारीको हत्या भएको खुलासा

2016-11-15

कविता उपाध्याय/कात्तिक ३०, रोल्पा । थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उहाँका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ । 

गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य ज्यान मुद्दा चलाउनका लागि आवश्यक तयारी भइरहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ज्यान मार्ने उद्योग गरेको अभियोगमा २०७३ असोज २६ गते इलाका प्रहरी कार्यालय घर्तीगाउँले दुवै जनालाई नियन्त्रणमा लिई कारागार कार्यालय, रोल्पामा थुनामा राख्दै आएको छ । 

सुनकुमारीको उपचारका क्रममा यसरी थुनामा परेका साली भिनाजु जालकुमारी र ध्रुवलाई रु २५ हजार धरौटीमा छोड्न सकिने भएपनि धरौटी जम्मा गर्न नसकी पुर्पक्षका लागि उनीहरु हालसम्म पनि कारागारमा थुनामा रहँदै आएका थिए । 

यस्तै, जिल्ला न्यायाधीवक्ता सुवर्णमान बनेपालीले सुनकुमारीको मृत्यु भएको हुँदा थप अनुसन्धान गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा कारागारमा धरौटीमा रहेका साली भिनाजु जालकुमारी र ध्रुवलाई आवश्यक प्रक्रिया पु¥याई कर्तव्य ज्यानको मुद्दाका लागि प्रक्रिया अगाडि बढिराखेको बताए । 

उनका अनुसार हालसम्मको अनुसन्धानका क्रममा र जिल्ला अदालत रोल्पामा जालकुमारीले दिएको बयानका आधारमा मृतक सुनकुमारीलाई उनले नै ढुङ्गामा पटकपटक टाउको ठोक्काइ कुटपिट गरेको बुझिएको छ । यसरी सुनकुमारीको हत्यामा साली भिनाजुको संलग्नता रहेको देखिएको बनेपालीको भनाइ छ । 

प्रनि श्रेष्ठका अनुसार असोज २५ गते विजया दशमीको टीकाको दिनमा सुनकुमारीको घरमा भोजभतेर भइरहेको बेला रातको करिब १२ बजे सुनकुमारी र जालकुमारीका बीचमा सामान्य विवाद परेपछि सुनकुमारीका श्रीमान् धु्रव र बहिनी जालकुमारीले सुनकुमारीलाई लछारपछार गरेर पटकपटक मसला पिस्ने सिलौटोमा सुनकुमारीको टाउको बजारेर कुटपिट गरेको घटनास्थल पुग्दा प्रत्यक्ष देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । 

यसरी घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिसकेपछि इलाका प्रहरी कार्यालय, घर्तीगाउँ, रोल्पाले उनीहरु दुवै जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेको हो । 

काक्री, रुकुम माइत भएकी जालकुमारीका श्रीमान् रोजगारीका लागि विगत दुई वर्षदेखि साउदी अरबमा रहनुभएको छ भने जालकुमारी भने करिब छ महिनादेखि सात वर्ष, चार वर्ष र तीन वर्षका छोराछोरीलाई पढाउने बहानामा थबाङमा डेरा लिएर बस्दै आएकी थिइन् । हाल जालकुमारीका तीन वर्षीय एक छोरी उनीहरुसँगै कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा छिन् । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मृतक सुनकुमारीकी १३ वर्षीया छोरी विनिता नेपाली आर्थिक अभावका कारण गाउँकै बज्यै पर्नेको घरमा करिब एक वर्ष पहिलेदेखि काम गर्न बसेकी थिइन् भने उनका एकमात्र दाजु आर्थिक अभावका कारण जीवन गुजाराका लागि करिब तीन वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । 

प्रनि श्रेष्ठका अनुसार सुनकुमारीलाई साली भिनाजु मिलेर कुटपिट गर्दा घरमा अन्य कोही नभएको हुँदा घाइते सुनकुमारी रातभरि सिलौटामा ठोकिएकै ठाउँमा लडेकी थिइन् । सुनकुमारीलाई घाइते अवस्थामा छोडेर जालकुमारी आफ्नो कोठामा फर्किएको र मदिराले मातेका सुनकुमारीका श्रीमान् भने घरमै बसेको अनुसन्धानका क्रममा खुलेको छ । 

यसरी पेटभरि खान र एकसरो कपडा लगाउनकै लागि अर्काको घरमा काम गरेर दिन गुजार्दै आएकी बिनिताकी आमा सुनकुमारीको मृत्यु भएको र बुबा ध्रुव पनि कर्तव्य ज्यान मुद्दामा जेल चलान हुने भएपछि छोरी विनिताको भविष्य अब थप अन्यौल बन्दै गएको देखिएको छ । 

घाइते आमा सुनकुमारीको हेरचाहमा लामो समयसम्म स्तब्ध बनेको र अन्तमा आमाको पार्थिव शरीरमा दागबत्ती दिएर फर्केकी विनिताको मनलाई सान्त्वना दिन र उनको भविष्यका बाटा खुल्ला गर्नका लागि यतिबेला विनितालाई सहयोगी हातको खाँचो छ । अर्काको घरमा काम गरेर गाउँकै सरकारी विद्यालयमा कक्षा ६ मा पढ्दै आएकी विनिताको भविष्यका बारेमा सरोकारवालाले सोच्नुपर्ने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ