सांसद भक्तिप्रसाद पाण्डेको सोमबार असामयिक निधन भएका कारण सम"/>
सांसद भक्तिप्रसाद पाण्डेको सोमबार असामयिक निधन भएका कारण सम"/>
कात्तिक ३०, काठमाडौँ । व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठक अथगित भएको छ ।
सांसद भक्तिप्रसाद पाण्डेको सोमबार असामयिक निधन भएका कारण समितिको आजको बैठक स्थगन भएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
समितिको आजको बैठकमा मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७३ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको थियो ।
समितिको अर्को बैठक मङ्सिर २ गते बिहीबारका दिन दिनको २ बजे बस्नेछ । रासस