सन्तोषकुमार गुप्ता । दाङ ३० कार्तिक । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले  रूसमा सन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । दाङ ३० कार्तिक । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले  रूसमा सन"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको तुलसीपुरमा अक्टोबर क्रान्ति सतबार्षिकी कार्यक्रमको उद्घाटन

२०७३, ३० कार्तिक मंगलवार १५:५२


सन्तोषकुमार गुप्ता । दाङ ३० कार्तिक । नेकपा मसाल दाङ जिल्ला प्रवक्ता भरत भण्डारीले  रूसमा सन् १९१७ मा भएको अक्टोबर क्रान्तिको महत्व अहिले पनि त्यत्तिकै भएको बताउनु भएको छ । विश्वमा पहिलो पटक स्थापना भएको समाजवादी व्यवस्थाको प्रभावका कारण अहिले विश्वभरि नै समाजवादको हावा फैलिएको उहाँले बताउनु भयो ।

राष्ट्रिय जनमोर्चा दाङले मंगलवार तुलसीपुरमा आयोजना गरेको अक्टोवर क्रान्ति सर्तबार्षिकी उद्घाटन कार्यक्रममा प्रमुख बक्ताका रुपमा  सम्बोधन गर्दै नेता भण्डारीले अक्टोबर क्रान्तिको मर्मलाई आत्मसाथ गर्दै देशको राष्ट्रियता बचाउन अगाडि बढ्न जनतालाई आव्हान गर्नुभयो । नेपालको राष्ट्रियता यतिबेला इतिहासकै गम्भीर सङ्कटमा फसेको बताउँदै प्रबक्ता भण्डारीले पछिल्लो पटक अङ्गीकृत नागरिकलाई पनि देशको कार्यकारी प्रमुख जस्ता पदमा ल्याउनका लागि गर्न लागिएको संविधान संशोधनले देशलाई सिक्किमीकरण गराउने दावी गर्नुभयो । नेपाललाई सिक्किमीकरण हुन नदिन देशभक्त नेपालीहरूले एकताबद्ध भएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु पर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रिय सदस्य कमला जिसी, राजमो जिल्ला उपाध्यक्ष द्रोण घर्ती र राजमो जिल्ला सचिव गणेश आचार्य लगायतले बक्ताले अक्टोवर क्रान्तिको महत्व, आवश्यकता र सान्दर्भिकताका बारेमा बोल्नु भएको थियो ।


राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीले रुसमा भएको अक्टोबर क्रान्तिको एक सय बर्ष पुरा भएको उपलक्ष्यमा देशै भरि सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । सतबार्षिक अभियान अन्र्तगत अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन दाङ जिल्ला भरि नै घरदैलो, पर्चा पम्पलेट बितरण, वालपेन्टिङ, मार्चपास लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव आचार्यले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ