Skip to content
Friday, July 17, 2026 Nepali Online Media

देवचुली महोत्सवमा उर्लिदो जन लहर, अहिलसम्म करिब १ लाखले अवलोकन गरे

By साझासवाल 20 मिनेट पढाइ

पढ्न करिब 8 मिनेट लाग्छ
प्रकाशित:

कार्तिक ३०, नवलपरासी ।   प्रथम देवचुली महोत्सवमा जनलहर उर्लिएको छ । महोत्सवमा करिव १५ हजार मानिसहरुले मेलाको अबलोकन गरेका छन् । महोत्सवको छैंठो दिन सम्म आउँदा ८० हजार मानिसहरुले मेलाको अबलोकन गरेका छन् । छैठौं दिन सम्म १४ हजार मानिसले मेलाको अवलोकन गरेका छन् ।

मेलामा दैनिक रुपमा उतिकै मानिसहरु सहभागी बन्दा दर्शकहरु समेत आश्चर्यमा परेका छन् । नवलपरासीको कावासोती खेल मैदानमा जारी महोत्सवमा मानिसहरुको उर्लिदो सहभागीताले महोत्सव पूर्ण रुपमा सफल बनेको मूल समारोह समितिका संयोजक केबी रानाले बताए ।

उनले भने, हामीले यसरी महोत्सवमा मानिसहरुको सहभागीता होला भन्ने सोचेका थिएनै तर, देवचुली टेलिभिजनलाई माया गर्ने दर्शकहरु निकै धेरै रहेछन् । जस्ले महोत्सव सफल बन्न सक्यो ।

पाँचौ दिन सम्म आउँदा मेलामा साढे ८ करोडको कारोबार भएको छ । मेलामा रहेका स्टल, बाल उद्यान, टिकट लगाएत विभिन्न पक्षबाट आर्थिक कारोबार भएको स्टल व्यवस्थापन समितिका संयोजक लाल प्रसाद बरालले जानकारी दिए ।

महोत्सवमा कृषि, उद्योग, व्यापार, मौलिक घर, मौलिक खानाका परिकार, बाल उद्यान मुख्य आर्कषणको केन्द्रमा रहेका छन् । महोत्सव मंसिर ५ गते सम्म  चल्नेछ ।

देवचुली टेलिभिजनको उद्यमशील अभियानमा सहकारीहरुले साझेदारी गर्ने, अभियानको समर्थनमा सहकारीकर्मीको बृहत ¥याली

प्रथम देवचुली महोत्सवको छैठौं दिन सहकारीमय बनेको छ । महोत्सवमा हरेक दिन फरक फरक विद्यामा कार्यक्रम संचालन हुँदा रौनकता थपिएको छ । शनिबार जिल्लाका विभिन्न स्थानका सहकारीकर्मीको अन्तरक्रिया तथा ¥याली निकालेका छन् ।

देवचुली टेलिभिजनले आठौँ बार्षिक उत्सवको अवसरमा कला संस्कृति संरक्षण पर्यटनका आधार, समृद्व राष्ट्र निर्माणका लागि कृषि, उद्योग र व्यापार भन्ने मुल नाराका साथ सञ्चालन गरेको १० दिने महोत्सवको समर्थनमा ¥याली सहकारीकर्मीहरुले ¥याली निकालेको हुन् । ¥याली पूर्व उद्यमशीलताका लागि सहकारीको भूमिका विषयक गोष्ठी आयोजना गरिएको थियो ।

नेफ्स्कुनका केन्द्रिय महासचिव परितोष पौड्यालले टेलिभिजने उद्यमशिल अभियान थालनी गर्नु उदाहरणीय कार्य भएको भन्दै प्रशंसा गरे । राज्यले गर्नुपर्ने काम मिडिया हाउसले थालेको छ उनले भने – यो अभियान राष्ट्रव्यापी रुपमा सहकारीले पु¥याउनेछ । उनले आर्थिक संमृद्धिका लागि उद्यमशीलता अनिवार्य रहेको बताए ।

सहकारी विभागका पूर्व रजिस्टार तथा नेपाल सरकार शान्ति मन्त्रालयका सहसचिव सुदर्शन पौडेलले कार्यपत्रमाथी टिप्पणी गरेका थिए । उनले टेलिभिजन र ५ सय वटा सहकारी एक ठाउँमा उभिएर उद्यमशील अभियान थाल्ने प्रतिवद्वता आउनु सह«नीय कार्य भएको बताए ।

उनले महोत्सवको सहकारी कार्यक्रम अन्तरगत आर्थिक, व्यवसायिक तथा उद्यमशिलताका लागि सहकारी विषयक कार्यपत्र प्रस्तुत गर्दै सहसचिव पौडेलले नेपालबाट विदेश पलायन भएका ५० लाख युवालाई स्वदेश फर्काउने, वेरोजगार समस्यालाई न्यूनिकरण गर्ने, सहकारीेले उद्यमशील क्षेत्रमा लाग्न सरकारले समेत उचित नीति बनाउनुपर्ने बताए । कार्यपक्रममा माधव पौडेल र नवराज सापकोटाले तयार पारेको प्रतिवेदन मञ्चमा समेत प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन सहकारी मन्त्रीलाई बुझाउने र त्यसलाई कार्यान्यवन गर्न दवाव दिने निर्णय गरेको छ ।

नेफस्कुन केन्द्रीय सदस्य इन्द्र ज्योती पौडेलले सहकारीले लाखौं युवालाई रोजगार र उद्यमशील बनाउने कार्यमा योगदान पु¥याएको चर्चा गर्दै देवचुली टेलिभिजनको उद्यमशील अभियान संस्थागत आन्दोलन कै स्वरुपमा सहकारीहरुले भूमिका खेल्ने र साझेदारी गर्नुपर्ने बताए ।  सहकारी संघका जिल्ला अध्यक्ष विष्णु पौडेलले नवलपरासीमा रहेका पांच सय सहकारीहरुले एक÷एक सय जना आफ्ना सदस्यलाई मात्रै उद्यमशिल बनाउन सके ५० हजार उद्यमशील बन्ने बताए । यो जिल्लाको ठूलो क्रान्ति हुनेछ अध्यक्ष पौडेलले भने,– देवचुली टेलिभिजनसँग साझेदार गर्न जिल्लाका सवै सहकारीलाई निर्देशन दिनेछु ।

नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष तथा महोत्सवको सहकारी व्यवस्थापन समितिका संयोजक छविलाल अर्यालले टेलिभिजनको महोत्सव र उदारणीय अभियान सफल पार्न जिल्लाका ३ सय भन्दा बढी सहकारीका अध्यक्ष तीन हजार भन्दा बढी सदस्यहरु ¥याली सहित सहभागीता जनाएको जानकारी दिए ।

टेलिभिजनले राम्रो कार्यक्रम थालनी गरेको छ, नवप्रतिभा वचत तथा तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक रामप्रसाद काफ्लेले भने त्यसैले  सवै सहकारीहरुले समर्थन गरेका हौं ।

नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष माधव प्रसाद गौतम, सचिव तिलक पराजुली, नवलपरासी जिल्ला दूग्ध सहकारी संघका अध्यक्ष गोपाल श्रेष्ठ, नवलपरासी सामाजिक उद्यमी महिला सहकारी संघका अध्यक्ष गौरी सिग्देल, किसान बचत तथा ऋण सहकारी सस्था लिमिटेडका अध्यक्ष गोपाल प्रसाद गौतम लगाएतले टेलिभिजनको उद्यमशीलता अभियानमा सहकार्य गर्ने प्रतिवद्वता जनाए ।

कावासोतीको होटल फुलमुनमा  सहकारी अध्यक्ष, व्यवस्थापक, सहकारी अभियान्त, सदस्यहरु विच वृहद छलफल गरि उक्त कार्यक्रममा निस्केका निचोड महोत्सव स्थलमा सार्वजनिक गरिएको थियो ।

गोष्ठीको सह–आयोजक नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेड र किसान वचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको थियो । कार्यक्रममा एकीकृत दूग्ध सहकारी संस्थाका अध्यक्ष घनलाल सापकोटाले टेलिभिजनले सहकारीलाई साझेदार गर्न प्रस्ताव राखेकोमा प्रशंसा गर्दै नेपालमै ऐतिहासिक रुपमा कार्य भएको बताए ।

कार्यक्रममा देवचुली टेलिभिजन स्थापना कालदेखि साझेदारी गर्दै आईरहेका एक सय सहकारीहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो । गोष्ठी पछि झांकी सहित ¥यालीले नगरपरिक्रमा गरि महोत्सवमा विशेष उत्सवको रुपमा परिणत भएको थियो ।

सहकारीले राखेका स्टल प्रदर्शनी, मिलिजुली महिला बहुउद्देश्यीय सहकारीले उत्पादन गरेको केराको सेल, अचार, पकौडा लगायतका परिकारको स्वाद चाखेका थिए । सहकारी अभियान्तहरु महोत्सवको खुशियालीमा दिनभरि मञ्चमा कलाकारहरुसंगै नांचेर दिन विताएका थिए ।

उद्यमशील अभियान सफल हुने निश्चित छ: संयोजक राना

देवचुली टेलिभिजनका अध्यक्ष तथा प्रवन्ध निर्देशक केबी रानाले टेलिभिजनले एक वर्षमा १ हजार युवालाई उद्यमशील बनाउने अभियानमा साझेदार गर्न सहकारीलाई आह्वान गरेको बताए । जिल्लाका पाँच सय सहकारी यस अभियानमा साझेदार गर्ने प्रतिवद्वता आउने वित्तिकै अपेक्षा गरेभन्दा सयौं गुणा सफल भएको बताए ।

हामीले एक हजार भनेका थियौं – सवै सहकारी लाग्दा ५० हजारलाई उद्यमशिल बनाउन सजिलै सक्ने निश्चित भयो । यो सफल भयो भने अवको पाँच वर्ष भित्र जिल्लाका युवाहरु रोजगारीका निम्ति विदेश पलायन हुनुपर्दैन । सहकारीले बैंकले गरे जस्तो वचत उठाउने र ऋण लगानी गर्ने मात्रै कार्य गर्नुहुदैंन उत्पादन र समाजको सृजनशील क्षेत्रमा लगानी गर्नुपर्छ अध्यक्ष रानाले भने,– कसले बढी कारोवार ग¥यो, बोनस दियो भन्ने आधारमा सहकारी मापन गर्ने प्रथा हटाउनुपर्छ ।

उत्पादन क्षेत्रमा लगानी गर्ने र सामाजिक सेवाका क्षेत्रमा कार्य गर्ने सहकारीलाई सरकारले मुल्याङ्कन गरि प्रोत्साहित गर्नुपर्छ उनले भने –त्यस्ता सहकारीलाई मिडियाले समेत प्रवद्र्वन गर्छ ।

उद्ययमशील अभियान अपेक्षा गरे भन्दा सयौँ गुणा सफल हुने निश्चित भयो, हामीले विद्यालय, कृषि, पर्यटन, कला संस्कृतिलाई समेत जोड्ने प्रयास गरेका छौं रानाले भने ।

महोत्सव नसकिदै सफल

नवलपरासी जिल्लामा हुने महोत्सव मध्य देवचुली महोत्सवले इतिहास रचेको प्रतिक्रिया आउन थालेको छ । देशका विभिन्न स्थानमा भईरहेका महोत्सव समेत राम्रो सँग चल्न नसकेको अवस्थामा देवचुली महोत्सव सफल बनेको विभिन्न क्षेत्रका सरोकारवालाहरुले बताएका छन् ।

महोत्सवमा अबलोकनको लागि आउने दर्शक तथा मन्तब्य ब्यक्त गर्ने अतिथिहरुले महोत्सव सफल बनेकोमा खुसी व्यक्त गरेका छन् । फरक संस्थाले आयोजना गरेको महोत्सवमा दैनिक रुपमा मानिसहरुको सहभागीता बढ्दै जादा स्टल व्यापारी समेत उत्साही बनेका छन् । महोत्सवमा होटल व्यवसाय राखेका एक व्यापारीले भने, यति धेरै मानिसहरु सहभागी होलान भनेर हामीले कल्पना गरेका थिएनौं, दैनिक रुपमा उतिकै संख्यामा मानिसहरु सहभागी बनेको पाए । उनले थपे महोत्सव पूरा नहुँदै सफल बन्यो ।

हामीले नसोचेको दिनमा समेत निकै धेरै मानिसहरु सहभागी बनेको पाए गार्मेन्ट समानको स्टल राखेका सिग्मा एण्ड सिजन कपडा कपडा उद्योगका सालिकराम पुरीले भने । उनले यस क्षेत्रमा हुने महोत्सव मध्य देवचुली महोत्सव नमूना बनेको बताए ।

संचार माध्यमले संचालन गरेको महोत्सव कस्तो र कसरी व्यवस्थापन हुन्छ भन्ने धेरैलाई चाँसो र चिन्ता थियो । तर महोत्सव छैठौं दिन सम्म पूर्ण सफल देखियो मेला अबलोकनको लागि आएकी कल्पना नेपालले बताईन् । मेलाको दैनिक रुपमा टेलिभिजन मार्फत प्रत्यक्ष प्रशारण गर्दा पनि सोचे भन्दा धेरै मानिसहरु सहभागी बनेको आयोजकले बताएको छ ।

पुरुषोत्तम न्यौपाने र जानकी तारामी र रमेशराज भट्टराईले तताए महोत्सव

महोत्सवको छैठौं दिन मुख्य आकर्षकको रुपमा रहेका चर्चित लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले महोत्सवको माहोललाई तताए । घाम जस्तो चम्किलो जुन हुँदैन बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेका पुरुषोत्तमले भजन सहित आधा दर्जन गीत गाएका थिए ।

साथै गायक पुरुषोत्तमको साथमा गायिका जानकी तारामी मगरले पनि महोत्सवमा उपस्थित हजारौं दर्शकलाई उनका थुप्रै लोकगीतहरुबाट छमछमी नँचाएकी थिइन् ।

लोक तथा दोहोरी गायक राजेन्द्र कण्डेल पनि आफ्ना चर्चितगीतहरुबाट दर्शक नँचाएका थिए । साथै गायक कण्डेलले तिजका गीतहरु पनि गाएर उपस्थित महिला दर्शकहरुलाई नँचाएका थिए ।

कार्यक्रमको अन्तिम प्रस्तुती दिन आइपुगेका आधुनिक गायक रमेशराज भट्टराईले उपस्थित दर्शकमाझ छुट्टै माहोल बनाएका थिए । साँझको समयमा पनि रमेशराजका चर्चित गीतहरुसँग दर्शकहरु खुबै नाँचेको देखिन्थ्यो । रमेशले ‘बबाल भो’, ‘टेन्सन भयो यार’ लगायतका गीत गाउँदा उर्लिदो दर्शक देखिन्थ्यो ।

बिशेषतः युवा दर्शक केन्द्रित गर्ने उनका गीतहरुले आजभने उपस्थित बृद्धहरु पनि नाँच्दै रमाएको देखिथ्यो । महोत्सवको छैठौं दिन भन्दा अघि पनि रमेशराजले देवचुली महोत्सवमा केहि प्रस्तुती दिइसकेका थिए । त्यसदिन पनि रमेशराजका गीतमा नाँच्ने दर्शक उल्लेखनीय देखिन्थ्यो । महोत्सवको छैठौं दिनबाट राष्ट्रिय लोक दोहोरी प्रतियोगीता शुरु भएको छ।