२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पछिल्लो प्रश्तावप्रति पश्चिममा असन्तुष्टि

१ मंसिर २०७३, बुधबार ०३:२२

कृष्ण कँडेल/मङ्सिर १, बागलुङ । स्थानिय निकाय गठनमा राजनितिक दलको अधिकतम सहमती अनुसार जिल्ला प्राविधि समितिले अयोगमा पठाएको प्रश्तावमा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा केहि असन्तुष्टि देखिएका छन् । 

स्थानिय सहमति विपरित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँ राख्ने निर्णय भएको भन्दै देविस्थान गाविसको सर्वदलिय बैठकले असहमती जनाएको छ । 

मंगलबार जिल्ला प्राविधिक सहयोग समितिले निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोलामा रहने गरि आयोगमा प्रश्ताव पठाएको छ । 

राजकुत सहित ४ गाविसको बैठकमा निसीखोला गाउँपालिकाको केन्द्र देविस्थानको वडा नम्बर–९ खाडुमा सहमती अनुसार निसीखोलामा जान सहमत भएपनि त्यसको पालना नभएपछि आफुहरु अब ढोरपाटन नगरपालिकामा जाने नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्र मल्लले जानकारी दिए । 

‘हामीसँग भएको सहमतीमा धोका भयो ।’ 

मल्लले भने, अब हामी प्रश्तावित ढोरपाटन नगरपालिकामै जान्छौँ, त्यसका लागि दवाव सिर्जना गर्न हामी जुनसुकै संघर्ष गर्न पनि तयार छौँ ।’ उनले नेपाली काँग्रेशका भविन्द्र कुँवार लगायतले आफ्नो स्वार्थका लागि निसीखोला नै उपयुक्त हुने भन्दै आरोप लागए । 

एता राजकुतका केहि अगुवाले आफ्नो गाविसलाई प्रस्तावित ढोरपाटन नगरपालिकामा समाबेश गरेकोमा असन्तुष्टि जनाएका छन् । नेपाली काँग्रशका जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले राजकुतलाई झिवाखोला गाउँपालिकामा राख्नुपर्ने माग राख्दै वुधवारदेखि गाविस बन्द र मंसिर २ गते बिशाल जुलुस तथा कोण सभ गर्ने निर्णय भएको बताए । 

यस्तै दर्लिङकोे वडा नम्बर–१ मालारानीका स्थानीयले बैठक गरेर आफुहरुलाई बढिघाट गाउँपालिका नभई बुर्तिबाङ नगरपालिकामा पायक पर्ने भन्दै बुर्तिबाङ नगरमा राख्न माग गरेका छन् ।  

यता पाण्डवखानीका राजनितिक दलले सर्वदलिय बैठक नै गरेर सिङ्गो गाविसलाई गलकोट नगरपालिकामा राख्न माग गरेका छन् । जिल्ला प्रविधिक समितिले पाण्डवखानीका वडा नम्बर–३ र ४ लाई गलकोट नगरपालिका र बाँकीलाई बढिघाट गाउँपालिकामा राखेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य