मङ्सिर १, रसुवा । हिमालयन ट्रेकिंग एजेन्सी मार्फत रसुवा घुम्न आएकी एक मलेसियाली मृत फेला परेकी छिन् ।
तीन हजार नौ सय मिको उचाइमा रहेको लाङ्टाङस्थित पानोरमा होटलमा मङ्गलबार बेलुका सुतेकी ओयु सिउ आज बिहान मृतावस्थामा फेला गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच गत कात्तिक २५ गतेदेखि हराइरहेकी भोर्ले गाविस–८ की २४ वर्षीया बुधमाया तामाङ धुन्चे गाविस–४ स्थित जङ्लमा मृत फेला परेकी छिन् । रासस