Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
मोरङ्ग - MRG

मोरङमा तामाङ राष्ट्रिय परिषद्को भेला सम्पन्न

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर २, मोरङ । नयाँ शक्ति पार्टी नेपाल निकट तामाङ राष्ट्रिय परिषद्को प्रदेश १ नं स्तरीय भेला बुधबार मोरङको उर्लाबारीमा सम्पन्न भएको छ ।

उर्लाबारी–२ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा भएको भेलाले मोरङका जय पाख्रिनको संयोजकत्वमा १७ सदस्यीय समितिसमेत गठन गरेको छ । नयाँ शक्तिका राष्ट्रिय मामिला संयन्त्र संयोजक पर्शुराम तामाङको प्रमुख आतिथ्यमा भएको भेलाले सो समिति गठन गरेको हो ।

समितिको सह–संयोजकमा झापाका जय तामाङ, इलामका दानबहादुर तामाङ र धनकुटाका वृत योञ्जन चयन हुनुभएको छ ।

भेलामा प्रमुख अतिथि पर्शुराम तामाङसहित पार्टीका मोरङ संयोजक खेम प्रधान, केन्द्रीय परिषद् सदस्य लक्ष्मीचेली राई, विश्वराज राई, तामाङ राष्ट्रिय परिषद्का केन्द्रीय संयोजक सुवास तामाङ र पार्टीका केन्द्रीय कार्यकारी सदस्य महेन्द्रजङ्ग तामाङले पनि बोल्नुभएको थियो । रासस