मङ्सिर २, बेनी (म्याग्दी) । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, बेनी (म्याग्दी) । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेस"/>
2026-09-18 08:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको गाउँमै लाखौँ कमाउँछन् भारतीय नागरिक

मङ्सिर २, बेनी (म्याग्दी) । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आउनुभएको छ । 

झोलामा पेचकस, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र यस्तै अन्य साधन बोकेर गाउँ चाहार्ने शाहनीले मासिक रु २५ हजारदेखि रु ४० हजारसम्म कमाउनुहुन्छ । 

शाहनी मात्रै होइन भारतकै गोन्डा जिल्ला घर बताउने मनोहरलाल गुप्ता, फैजावादका पवनलाल श्रीवास्तवलगायतका भारतीय नागरिकले जिल्लाका गाउँ गाउँमा पुगेर आफ्नो सीपको प्रयोग गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दैआएका छन् । “एक दिनमा रु दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुन्छ,” शाहनीले भन्नुभयो । 

त्यसैगरी झुल, तन्ना, सिरकका खोललगायतका कपडाको व्यापार गर्दै आएका भारत गोन्डाका मनोहरलाल गुप्ताले जिल्लाका गाउँ गाउँमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले दैनिक रु चार हजारदेखि रु छ हजारका कपडा बिक्री गर्नुहुन्छ । त्यस्तै भारत फैजावादका पवनलाल श्रीवास्तवले औषधिजन्य चिजको व्यापार गर्दै आउनुभएको छ । उहाँ खुला रुपमा आयुर्वेदिक औषधि भनिएका सामान र महको बिक्री गर्दै आउनुभएको छ । 

“औषधि र मह बिक्री गरी दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । सदरमुकाम बेनी बजारमा सयौँ भारतीय नागरिकले सैलुन, चनाचटपटे, तरकारी तथा मिठाइ बनाएर बिक्री गर्दैआएका छन् । नेपाली नागरिक मासिक रु २०/२५ हजार कमाउन लाखौँ खर्च गरेर खाडी मुलुक जाने गरेका छन् । तर भारतीय नागरिकले भने नेपालकै गाउँघरमा थोरै लगानीमा मासिक लाखौ कमाउने गरेका छन् । 

म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोला घिमिरे आफ्नै गाउँघरका सानासाना काममा नेपालीको ध्यान जान नसकेको बताउनुहुन्छ । आफ्नै गाउँघरमा रोजगारीका प्रशस्तै सम्भावना रहेका भएपनि नेपाली युवा भारतीय सहर जाने गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई