मङ्सिर २, बेनी (म्याग्दी) । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २, बेनी (म्याग्दी) । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेस"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको गाउँमै लाखौँ कमाउँछन् भारतीय नागरिक

२ मंसिर २०७३, बिहीबार १०:५६

मङ्सिर २, बेनी (म्याग्दी) । भारतको विहार राज्यअन्तर्गत पर्ने मोतिहारी जिल्लाका नन्दलाल शाहनी विगत नौ वर्षदेखि म्याग्दीका गाउँगाउँ घुमेर बिग्रेका स्टोभ, राइस कुकर, प्रेसर कुकर, ग्यासलगायतका सामानको मर्मत गर्दै आउनुभएको छ । 

झोलामा पेचकस, नट, रवर, ह्याम्बर, प्रेसरकुकरका सिटी, ढकनी, ग्यास सफा गर्ने सामान र यस्तै अन्य साधन बोकेर गाउँ चाहार्ने शाहनीले मासिक रु २५ हजारदेखि रु ४० हजारसम्म कमाउनुहुन्छ । 

शाहनी मात्रै होइन भारतकै गोन्डा जिल्ला घर बताउने मनोहरलाल गुप्ता, फैजावादका पवनलाल श्रीवास्तवलगायतका भारतीय नागरिकले जिल्लाका गाउँ गाउँमा पुगेर आफ्नो सीपको प्रयोग गरी मासिक लाखौँ रुपैयाँ आम्दानी गर्दैआएका छन् । “एक दिनमा रु दुई हजारदेखि रु तीन हजारसम्म कमाइ हुन्छ,” शाहनीले भन्नुभयो । 

त्यसैगरी झुल, तन्ना, सिरकका खोललगायतका कपडाको व्यापार गर्दै आएका भारत गोन्डाका मनोहरलाल गुप्ताले जिल्लाका गाउँ गाउँमा पुगेर बिक्री गर्नुहुन्छ । उहाँले दैनिक रु चार हजारदेखि रु छ हजारका कपडा बिक्री गर्नुहुन्छ । त्यस्तै भारत फैजावादका पवनलाल श्रीवास्तवले औषधिजन्य चिजको व्यापार गर्दै आउनुभएको छ । उहाँ खुला रुपमा आयुर्वेदिक औषधि भनिएका सामान र महको बिक्री गर्दै आउनुभएको छ । 

“औषधि र मह बिक्री गरी दैनिक रु एक हजारदेखि रु दुई हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । सदरमुकाम बेनी बजारमा सयौँ भारतीय नागरिकले सैलुन, चनाचटपटे, तरकारी तथा मिठाइ बनाएर बिक्री गर्दैआएका छन् । नेपाली नागरिक मासिक रु २०/२५ हजार कमाउन लाखौँ खर्च गरेर खाडी मुलुक जाने गरेका छन् । तर भारतीय नागरिकले भने नेपालकै गाउँघरमा थोरै लगानीमा मासिक लाखौ कमाउने गरेका छन् । 

म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक भोला घिमिरे आफ्नै गाउँघरका सानासाना काममा नेपालीको ध्यान जान नसकेको बताउनुहुन्छ । आफ्नै गाउँघरमा रोजगारीका प्रशस्तै सम्भावना रहेका भएपनि नेपाली युवा भारतीय सहर जाने गरेका छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट