मंसिर ३ पर्वत ।
नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो महाधिवेशनवाट केन्द्रिय कोषाध्यक्ष पदमा सर्वसम्मत रुपमा निर्वाचित विद्धान गुरुङलाई बधाई दिँदै पर्वतमा स्वागत गरिएको छ ।विहिबार कुश्मामा गुरुङलाई नेका कार्यकता तथा तरुण दलका समर्थकहरुले बाइक ¥याली सहित उनलाई नगर परिक्रमा गराएका थिए ।
नेपाल तरुण दल पर्वतका पूर्व अध्यक्ष एंव केन्द्रिय पार्षद तथा नेपाली काँग्रेस पर्वतका महाधिबेशन प्रतिनिधी समेत रहेका गुरुङको स्वागतमा काँग्रेसी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाल तरुण दल जिल्ला शाखा पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले नवर्निवाचित कोषाध्यक्ष गुरुङलाई बधाई ज्ञापन गदै तरुणको अधिवेशनले पार्टीलाई थप मजवुत बनाउन सहयोग पु¥याएको बताए ।
एकता नै विजयको शुत्र भएको भन्दै उनले सबै काँग्रेस मिल्नुको विकल्प नरहेको बताए । पार्टिमा एकले अर्कोलाई गाली, खुट्टा तान्ने र वैमन्यस्यता साँध्ने काम भएकोमा आक्रोश व्यक्त गर्दै जोशीले त्यस्तो प्रवृतिले पार्टिको अस्तित्व खतरामा पर्ने बताए । उनले सबैलाई एकता र बैचारिकताका साथ अगाडि बढ्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङले तरुणहरुलाई थप जिम्मेवारी बनाएर लैजाने बताए । आफु पदले तरुणदलको कोषाध्यक्ष भएपनि अन्य विचार बोकेका यूवाहरुलाई पनि संग संगै लिएर अगाडि बढ्ने बताए । तरुण कमजोर भए काँग्रेस कमजोर हुने र काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने गुरुङले बताए ।नेपाल तरुण दल पर्वतका अध्यक्ष राजमल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुषाल लगायतले बोलेका थिए ।