2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केबुलकार निर्माणमा वन अतिक्रमणको आरोप

मङ्सिर ३, दोलखा । कालिन्चोकमा केबुलकार निर्माणमा संरक्षित वन अतिक्रमण भएको भन्दै जिल्ला वन कार्यालय, दोलखाले पत्र काटेको छ । 

दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा केबुलकार निर्माणको काम सुरु हुनैलाग्दा स्थानीयवासी र गु्ठीलाई कुनै जानकारी नदिएको भन्दै स्थानीयवासीले पनि विरोध गर्न थालेपछि केबुलकार निर्माणमा कठीनाइ उत्पन्न भएको छ । 

जिल्ला वन कार्यालय, दोलखाका जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले स्थानीयवासीले केबुलकार निर्माणमा वन अतिक्रमण भएको निवेदन गरेपछि आफूले वन अतिक्रमण नगर्न र वन अतिक्रमण गर्नेलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय दोलखालाई पत्र लेखेको बताउनुभयो । 

कालिन्चोकको कुरीबजारदेखि केबुलकार स्टेसनसम्म पुग्ने सडक निर्माणका लागि डोजरले काम सुरु गरेलगत्तै स्थानीय तहमा विवाद सुरु भएको हो । कालिन्चोक दर्शन प्रालिले केही दिनयता डोजर लगाएर सडक निर्माणको काम गरिरहेका बेला स्थानीयवासीले पाउने सेयर लगायतका सेवासुविधा प्रस्ट भएर मात्रै काम अघि बढाउनुपर्ने माग अघि सारेका छन् । 

स्थानीयवासीको विरोधलगत्तै प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको गुठी समितिले पनि आयोजनाको विस्तृत विवरण र जानकारीसमेत नदिई काम अघि बढाएकोमा असन्तुष्टि जनाउँदै कालिन्चोक दर्शन प्रालिलाई सम्पूर्ण विवरण माग गरेको छ । 

गुठी समितिको बिहीबार बसेको बैठकमा कालिन्चोकमा केबुलकार निर्माणको सन्दर्भमा आवश्यक सबै कागजात मगाउने विषयमा छलफल भएको थियो । सोही अनुसार गुठी समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले कालिन्चोक केबुलकार निर्माणका लागि गरिएको विस्तृत सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, स्थानीयवासीलाई सेयर लगायतका सेवासुविधासम्बन्धी व्यवस्थालगायत कागजात माग गरिएको बताउनुभएको छ । 

स्थानीयवासीको विरोध र गुठी समितिले विवरण माग गरेसँगै केबुलकार निर्माणका लागि सुरु गरिएको सडक निर्माण कार्य केही दिनदेखि रोकिएको छ । यद्यपि, कालिन्चोक दर्शन प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण सिवाकोटीले केबुलकार निर्माणमा कुनै अवरोध नभएको दाबी गर्नुभयो । उहाँले सरकार, स्थानीय निकाय र गुठी संस्थानसँग अनुमति लिइसकेको भन्दै कहाँ–कहाँ कस्तो समिति छ, आफूलाई थाहा नभएको प्रतिक्रिया दिनुभयो । 

दोलखाको धार्मिक एवम् पर्यटकीयस्थल कालिन्चोकमा आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी केबुलकार निर्माणको काम सुरु गर्न लागिएको हो । त्यसका लागि सडक मर्मतसम्हार र नयाँ ट्र्याक खोल्ने काम केही दिनअघि मात्रै सुरु भएको थियो । रु २६ करोडको लागतमा निर्माण हुने केबुलकारमा १२ जना मानिस अट्न सक्ने क्षमताको दुई डिब्बा हुनेछन् । दैनिक आठ घन्टा केबुलकार सञ्चालन हुँदा एक हजार आठ सयजनाले सेवा पाउने बताइएको छ । 

केबुलकारमा चाहिने पाटपुर्जा स्विट्जरल्यान्डमा निर्माण भइसकेको बताइएको छ । सदरमुकाम चरिकोटबाट १७ किलोमिटरको कच्ची सडक यात्रापछि कुरीबजार पुग्न सकिन्छ । कालिन्चोकको बेसक्याम्प कुरीबजारबाट ३,८४२ मिटर उचाइमा रहेको भगवतीको मन्दिरमा पुग्न एक घन्टा ठाडो उकालो चढ्नु पर्दछ । 

तर केबुलकार निर्माण भएमा कुरीबजारबाट पाँच मिनेटमै मन्दिर रहेको थुम्कोमा पुग्न सकिनेछ । कालिन्चोक दर्शन प्रालिले केबुलकारसँगै कुरीबजारमा सुविधासम्पन्न रिसोर्ट खोल्ने तयारीसमेत गरेको छ । केबुलकार र रिसोर्ट दुवै निर्माण गर्दा लागत रु ५० करोड पुग्ने अनुमान छ । 

कालिन्चोक दोलखाको प्रमुख धार्मिक एवम् पर्यटकीय गन्तव्य हो । जाडो मौसममा पटक–पटक हिमपात हुने कालिन्चोकमा धार्मिक र प्रकृतिप्रेमी पर्यटक बढी आउने गरेका छन् । पछिल्ला वर्षमा सो क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । केबुलकार निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ । 

केही दोलखाका स्थानीयवासीले भने केबुलकारको अवधारणालाई पर्यटक दोलखामा बस्न नदिने र मनमोहक दृश्य बिगार्ने नियत भएको बताउँदै आएका छन् । दोलखाका नेपाली काँग्रेस सभापति रुद्र खड्का, प्रबन्ध निर्देशक एमालेका बालकृष्णलगायतका केही पहुँचवालाले व्यवसायको नाममा कालिन्चोकको सुन्दरतालाई मेटाउन खोजेको आरोपसमेत स्थानीयले लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई