२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

अनिश्चितकालीन बन्द फिर्ता लिन आग्रह

३ मंसिर २०७३, शुक्रबार ०८:२६

मङ्सिर ३, खोटाङ । स्थानीय तह पुनःसंरचनाका विषयमा असन्तुष्टी जनाउँदै बन्द हडतालमा उत्रिएका खोटाङवासीलाई स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले बन्द कार्यक्रम तत्काल फिर्ता लिन आग्रह गरेका छन् । 

समितिले आफूखुसी स्थानीय तह पुनःसंरचना गरी आयोगमा सिफारिस गरेको भन्दै स्थानीयवासीले त्यसको बिरोध स्वरुप गत मङ्गलबारदेखि अनिश्चितकालीन बन्द हडतालमा उत्रिएका छन् । 

समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले आज यहाँ प्रेस विज्ञप्ति प्रकाशित गरी बन्दप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै बन्द फिर्ता लिएर वार्ताका माध्यमबाट समस्या समाधानका लागि आउन सम्बन्धीत सबैमा आग्रह गर्नुभयो । 

लामिडाँडा, खार्पा, कुभिन्डे, हौंचुर, डुम्रेधारापानी र दुवेकोल गाविसलाई समेटेर रावा गाउँपालिका बनाउन राखिएको मागलाई बेवास्ता गरिएको भन्दै अनिश्चितकालीन बन्द आह्वान गरिएको सङ्घर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताउनुभयो । 

समितिले जिल्लास्थित सबै राजनीतिक दलको सहमतिमा उक्त क्षेत्रलाई समेटेर हलेसी तुवाचुङ नगरपालिका बनाउन सिफारिस गरेको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य