2026-07-25 12:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिश्व प्रसिद्ध बैज्ञानिकको दावीः पृथ्वीको आयु अब १ हजार बर्षमात्र


मङ्सिर ३, लण्डन । बस्नयोग्य अर्को ग्रह पत्ता नलगाएको खण्डमा मानवजीवन छोटिन सक्ने प्रख्यात वैज्ञानिक स्टेफन हकिन्सले बताएका छन् । यसै साता अक्सफोर्ड युनियनमा आयोजित एउटा बहसमा बोल्दै उनले पृथ्वीमा मानव जीवन अबको एक हजार वर्षमात्र टिक्ने भविष्यवाणी गरे ।

७४ वर्षीय हकिन्सले पारवाणिक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयूमा चुनौति थपिरहेको पटक-पटक बताउने गरेका छन् ।

‘यसबाट मानवजातिलाई जोगाउने एक मात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो,’ उनले भने, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ । हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं ।’

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले ठीक यही लक्ष्यका लागि सन् २००९ मा केप्लर अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यसले हाम्रो भुमण्डलको नजिक पृथ्वीजस्तै आकारको ग्रहको खोजी गर्ने उद्देश्य बोकेको छ जसले हाम्रो सूर्य जस्तै कुनै तारालाई परिक्रमा गरिरहेको होस् ।

यो वर्ष अन्तरिक्षयात्रीहरु प्रोक्सिमा बि पत्ता लगाएर उत्साहित छन् जुन ग्रहले प्रोक्सिमा सेन्टाउरी तारालाई परिक्रमा गर्दछ । यो हामीभन्दा ४.२ प्रकाश वर्ष टाढा रहेको छ, जुन अन्तरिक्षको दुनियामा निकै कम दुरी हो । अहिलेसम्म हामी भागेर जाने सबैभन्दा सम्भावित ठाउँ प्रोक्सीमा बि नै देखिएको छ ।

आफ्नो भाषणको अन्त्यमा हकिङले विद्यार्थीहरुलाई जिज्ञासु रहन प्रेरित गरे । उनले आफ्नो खुट्टातिर नहेरेर माथि ताराहरुतिर हेर्न पनि सम्झाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक