गोविन्द बि.क/मङ्सिर ४, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बन्द कोठाका प्रतिबद्धताले बजार नपाउने बताएका छन् । 

श्रेष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बि.क/मङ्सिर ४, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बन्द कोठाका प्रतिबद्धताले बजार नपाउने बताएका छन् । 

श्रेष"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बन्द कोठाको प्रतिबद्धताले मात्र बजार दिदैंन: प्रजिअ श्रेष्ठ

४ मंसिर २०७३, शनिबार ०६:३८


गोविन्द बि.क/मङ्सिर ४, सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बन्द कोठाका प्रतिबद्धताले बजार नपाउने बताएका छन् । 

श्रेष्ठले अन्तरक्रिया तथा समिक्षा गोष्ठिमा प्रतिबद्धता गर्नुभन्दा ब्यवहारलाई परिवर्तन गरी प्रचारप्रसारमा जोड दिनुपर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग बिकास समिती प्रदेश नं. ६ को आयोजनामा सुर्खेतमा भएको सार्वजनिक निकायमा स्वदेशी बस्तुको उपयोग सम्बन्धि निर्देशिका कार्यान्वयनको बर्तमान अबस्था बिषयक अन्तरक्रियामा श्रेष्ठले बन्द कोठामा गरेको निर्णय र प्रतिबद्धताले स्थानिय उत्पादनलाई उपयोगमा ल्याउन नसकिने बताएका हुन् । बाहिरी बस्तुले बजार जमाईरहेका बेला स्थानिय बस्तुले बजार पाएन भनेर दुखेसो गर्नुमा स्वयम उद्योमकर्मीको कमजोरी भएको बताएका छन् । 

बजारीकरणको समस्या भएको गुनासो उद्यमीबाट आएको बताउदै श्रेष्ठले अब खुलेर प्रचारप्रसारमा लाग्न अनुरोध गरे । स्थानिय तहमा उत्पादित बस्तुको कम प्रचारले नै मुल्य नपाएको बताएका छन् । स्थानिय पत्रपत्रिका, रेडियो लगायतका संचारमाध्यमबाट उत्पादि बस्तुको मुल्यसुची सहितको सुचना हाल्दा पनि बजारमा सहजता आउने श्रेष्ठले बताएका छन् । 

सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले उद्यमशिलता तालिम लिएकाले पनि उद्यम नगरेको बताएका छन् । बजार र मुल्य एक अर्काका परिपुरक भएको भन्दै अधिकारीले उद्यमशिलता तालिम लिएकाले ब्यवहारिक ब्यवसाय गर्नतर्फ उन्मुख हुनुपर्ने बताए । स्थानिय उत्पादनलाई बजारीकरण गर्न पहल गर्ने बताए । 

क्षेत्रीय कृर्षी निर्देशक शिबनारायण चौधरीले अहिलेको पुस्ता कुनै नयाँ चिजको खोजीमा हरेको बताएका छन् । सबैले नयाँ चिजको खोजिमा रहेको भन्दै केहि नयाँपना दिन सके स्थानिय उत्पादनले बजार पाउने बताएका छन् । 

कर्णाली जिल्लाका दुखहरु बताउदै कर्णाली कृर्षी तथा खाद्य सरोकार समुहका अध्यक्ष मायाराम महतराले रैथाने बाली ओझेलमा परेको बताएका छन् । आफ्नै पहिचान भएका रैथाने बाली बजारीकरण, उचित मुल्य अभावका कारण ओझेलमा पर्दै गएको बताए । कर्णालीका ५ जिल्ला र बाजुरालाई समेटेर बनाईएको कर्णाली कृर्षी तथा खाद्य समुहले दिगो कृर्षी बिकासका लागी काम गर्दै आएको उनले बताए । चिनो, कागुनो, मार्सि लगायतका धानकमे अस्तित्व नै खतरामा रहेको बताए । पहिला ५०÷६० क्वीन्टल फलाउने कृषकले हाल आएर २०÷३० किलो मात्र उत्पादन गर्ने गरेको जानकारी दिए । प्रचलित सेतो चामलको उपयोगले रैथाने रातो चामलको महत्व घटेको महतराले बताए ।

कार्यक्रमको बारेमा जानकारी दिदैं घरेलु तथा साना उद्योग बिकास समिती प्रदेश नंं ६ का वरिष्ट उपाध्यक्ष दिपक बुढाले स्थानिय उत्पानको तथ्याङ्क हेर्ने हो भने निकै चिन्ताजनक भएको बताएका छन् । देशमा नै उत्पादनको अबस्था एकदमै न्यून रहेको बताउदै बुढाले आयातित बस्तु ९० प्रतिशत र निर्यात हुने बस्तु मात्र १० प्रतिशत रहेको जानारी दिए । सार्वजनिक स्थान तथा सरकारी कार्यालयहरुमास्थानिय उत्पादनलाई अनिबार्य प्रयोग गर्नुपर्ने धारणा राखे । स्थानिय स्तरमा पाईने कच्चा पदार्थको पहिचान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्यमीको कर्तब्य भएको भन्दै बुढाले स्थानिय सरकार तथा नेपाल सरकारले मुल्य निर्धारण गरिदिनुपर्ने माग राखेका छन् । 

स्थानिय उत्पादनका बस्तु प्रयोग गरेवापत प्रत्येक बर्ष एक कार्यालयलाई पुरस्कृत गर्ने राज्यको निती भएपनि अहिलेसम्म कुनै पनि कार्यालयले स्थानिय उत्पादनको प्रयोगलाई ध्यान नदिएको आरोप समेत लगाएका छन् । अब बनेका नितीलाई कार्यान्वयन गर्दै आगामी दिनमा स्थानिय उत्पादनको उपयोग र उत्पादनमा गुणस्तरियता ल्यान तर्फ सबैको ध्यान जाओस् भन्ने सुझाव पनि दिएका छन् । “स्वदेशी बस्तुको प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” भन्ने मुल नाराका साथ सम्पन्न भएको अन्तरक्रिया कार्याक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग बिकास समिती प्रदेश नं. ६ का अध्यक्ष चन्द्रबहादुर विसिले गरेका थिए भने प्रमुख अतिथी प्रमख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ