२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन प्रस्ताव दर्ता मङ्सिर ७ वा ८ गते हुन्छ: पुन

४ मंसिर २०७३, शनिबार १०:०२

मङ्सिर ४, मोरङ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन । 

मोरङको उर्लाबारीमा आज अयाोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने–“संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते नै संसद्मा संशोधन प्रस्ताव दर्ता हुने तयारी छ ।” 

नेता पुनले नेकपा एमालेले पनि संविधान संशोधन गर्ने विषयमा सहमतिमा आउने बताउँदै यदि सहमति नभए पनि सरकारले संशोधन दर्ता गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

सीमाङ्कन, भाषा, नागरिकता तथा राष्ट्रिय सभाको विषयमा संविधान संशोधनका लागि गृहकार्य भइरहेको र राजनीतिक सहमतिका आधारमा प्रदेशको संख्या बढन सक्ने बताउँदै उनले भने – संशोधनपछि संविधानको कार्यान्वयनसंगै मुलुक निर्वाचनमा होमिन्छ । 

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सरकार र जनतालाई आतङ्कित पार्ने काम गरेकाले महाभियोग प्रस्ताव दर्ता गराउनुपरेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य