३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

४ मंसिर २०७३, शनिबार १२:१६

मङ्सिर ४, काठमाडौ । संविधान संशोधनको विषयमा केन्द्रमा नेताहरुबीच मात्रै छलफल नगरी स्थानीयस्तरमा छलफल गर्न आवश्यक रहेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । 

पूर्व सांसद मञ्चले आयोजना गरेको ‘नेपालको संविधानका चुनौती र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले सीमाङ्कनका विषयमा सम्बन्धित जिल्लाका बासिन्दाको मत लिनुपर्ने बताए । 

उनीहरुले राष्ट्रियतालाई केन्द्रमा राखेर मात्रै संविधान संशोधनसम्बन्धी कार्य अगाडि बढाउनुपर्ने सुझाव दिए । पूर्वमन्त्री लालबाबु पण्डितले संविधान जारी गर्ने शक्तिहरुले विदेशीको कुरा नसुनी नेपाली जनताको कुरा सुनेर निर्णय लिए संविधान कार्यान्वयनमा कुनै समस्या नहुने बताउनुभयो । 

संविधान लेखनका क्रममा मुलुकले प्रशव पीडा भोग्नुपरेको बताउँदे संविधानका रुपमा जन्मिएको बच्चाको उचित पालनपोषणमा लाग्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–“विदेशीको निम्ति काम गर्नेलाई म नेपाली भन्दिन, ऊ प्रभुको आदेश पालकमात्रै हो, अङ्गीकृत नागरिकलाई मुख्य पद दिनुपर्छ भन्नेहरु त्यस्तै दलाल हुन् ।” 

अर्को प्रसङ्गमा भर्खरै सम्पन्न अमेरिकाको निर्वाचनमा ६० हजार नेपालीले मतदान गरेको भन्दै उनीहरुको नेपाली नागरिकता रद्ध गरिनुपर्ने उहाँले धारणा राख्नुभयो । 

वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले कम्युनिस्टहरुले नै वर्गीय सङ्घर्षको कुरा बिर्सिएर जातीय सङ्घर्षको कुरा ल्याएपछि मुलुुकमा समस्या आएको टिप्पणी गर्नुभयो । 

नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले अहिले सम्प्रभु कमजोर भएको बन्दै त्यो बलियो बनाउन सबैको सहकार्य आवश्यकता रहेकामा जोड दिनुभयो । 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अर्को वर्ष माघ ७ गतेपछि संसद्को कार्यकाल थप्न नसकिने स्पष्ट गर्दै पहिले स्थानीय निकायको र दोस्रोपटक सङ्घ र केन्द्रको एकैपटक निर्वाचन गर्न सकिने सुझाव दिनुभयो । 

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतीयलाई नागरिकता दिइए वा अङ्गीकृत नागरिकलाई थप अधिकार दिइए त्यसको घाटा मधेसी जनतालाई पर्ने भएकाले सो समुदाय अहिले चनाखो हुन आवश्यक रहेकामा जोड दिनुभयो । 

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संविधान संशोधन र कार्यान्वयनकोे विषयमा मञ्चले स्थानीयस्तरमा छलफल कार्यक्रमको आयोजना गर्ने जानकारी दिनुभयो । 

पूर्व सांसद शारदा पोखरेल, काठमाडौँ जिल्ला विकास समितिका पूर्व अध्यक्ष सानुकुमार श्रेष्ठ, काठमाडौँ महानगरपालिका पूर्व प्रमुख हरिबोल भट्टराईलगायतले संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भावना समेटिन नसके पनि सबैको अपनत्व हुन आवश्यक रहेको धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट