मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।&nb"/>
2026-09-19 06:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्योः सभापति देउवा

 मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । 

“चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ ।” सभापति देउवाले भन्नुभयो –“अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै गरेका हुन् ।” सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उहाँले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताउनुभयो । 

उहाँले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने जानकारी दिनुभयो । पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राख्नुभयो । 

सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहिल गरिरहेको उहाँको भनाइ थियो । “महाकालीमा चार लेनको पक्की पुल र दोधाराचाँदनीमा सुख्खाबन्दरगाह बनाउन पहल हुँदैछ” – देउवाले भन्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई