मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ ।&nb"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

संविधान संशोधनका लागि धेरै विषयमा सहमति भइसक्योः सभापति देउवा

५ मंसिर २०७३, आईतवार ०५:३७

 मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले संविधान संशोधनसँगै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । 

“चैतभित्रै स्थानीय तहको निर्वाचन हुन्छ ।” सभापति देउवाले भन्नुभयो –“अङ्गीकृतलाई कार्यकारी पद दिने कुरा मिडियाले हल्ला मात्रै गरेका हुन् ।” सङ्घीय संरचनामा १० प्रदेश हुन नसक्ने बताउँदै उहाँले कैलाली–कञ्चनपुरसहितको सुदूरपश्चिम एक प्रदेश नै रहने बताउनुभयो । 

उहाँले महाधिवेशनपछि बाँकी रहेको पार्टी पदाधिकारी चयन र विभागले चाँडै पूर्णता पाउने जानकारी दिनुभयो । पार्टीभित्र भागबन्डाको राजनीति बढेको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा सभापति देउवाले सबैलाई मिलाएर लैजानुलाई भागबन्डा भन्न नमिल्ने धारणा राख्नुभयो । 

सुदूरपश्चिमको पुल, सडक, उत्तरी नाका खोल्ने, विद्युत् आयोजनालगायतका विकास निर्माणलाई अगाडि बढाउने विषयमा आफूले पहिल गरिरहेको उहाँको भनाइ थियो । “महाकालीमा चार लेनको पक्की पुल र दोधाराचाँदनीमा सुख्खाबन्दरगाह बनाउन पहल हुँदैछ” – देउवाले भन्नुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै