मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालक"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भारु नोटको समस्या समाधानका लागि पहल गर्छुः देउवा

५ मंसिर २०७३, आईतवार ०७:२१

मङ्सिर ५, भीमदत्तनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् । 

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आएका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा अभिनन्दन गरेपछि भने–“नेपालमा रहेको भारु नोटका विषयमा म समस्या समाधानका लागि पहल गर्छु, भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन हुनु जरुरी छ ।” भारु नोटको व्यवस्थापन हुन नसके नेपाली पनि प्रभावित हुने उहाँको भनाइ थियो । 

नेता देउवाले स्थानीय तहको निर्वाचनका लागि एकताबद्ध भएर तयारी अवस्थामा बस्न कार्यकर्तालाई आग्रह गरे । “निर्वाचन गराउनु पनि संविधान कार्यान्वयन हो”, देउवाले भने–“यसका लागि तपाईँहरु तयार हुनुस् ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा