हरीश प्रसाद भट्ट

        नेपालको ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरीश प्रसाद भट्ट

        नेपालको ए"/>

६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

युवा राजनीतिको सम्भावना र समस्या

५ मंसिर २०७३, आईतवार १०:५९

हरीश प्रसाद भट्ट

        नेपालको एक डिजिटल पत्रिकामा केही समय अघि एउटा लेख प्रकाशित भयो , बुवा, म राजनीति गर्छुू शीर्षकमा । ति पङ्कतीकारले बडो गह्रुङ्गा शब्दमा युवाहरुलार्इ राजनीतिमा आउन प्रेरित गर्न खोजेको जस्तो देखिन्थ्यो । यस्ता आह्वाहन आजकल यत्रतत्र सुनिन्छन ।

सबैले आफु  पढेलेखेको युवा भएको आफु सक्षम रहेको र देश बनाउने विकल्प आफु मात्र भएको बताउने क्रम चलिनै रहेको छ । तर यस्ता लेख लेखोट हरुले एक सकारात्मक बहस र माहोल बनाएका छन । अस्ति पनि त्यो लेख पढिसकेपछि कतै सुनेको एक तर्क मनमा याद आयो,  एउटा मेहेनती विद्यार्थी र्इञ्जीनियरिङ पढ्छ । उसले गाँउमा राम्रो पूल बनाउने या सडक बनाउने कल्पना गर्छ । उसले सुन्दर कल्पना मात्र हैन एक सुन्दर नक्सा पनि बनाएको हुन्छ ।

त्यसै समयमा तर फरक ठाँउमा एक राजनीति गर्ने नेता बनेको पूल सडक भत्काउदैँ कथित क्रान्तिकारी बन्छ । उसैले कालान्तरमा सत्ता चलाउँछ । उसले देश विकाश गर्ने आश्वासन दिन्छ तर आफ्नै भूँडी भर्छ तर जनता उसैको आश्वासन पर्खी बस्छ । इन्जिनियरको नक्सा बन्छ तर पुल बन्दैन । सडक बन्दैन । राजनीति स्वार्थी र अनैतिकहरुको व्यवसाय बनिरहँदा एक नयाँ बहस उब्जीएको छ ।

के उमेर खाएका र अशिक्षित ९दिन दुनिया नबुझेका० नेता हुनु हाम्रो देशमा यो दुर्दशा हुनुका कारण हुन त रु या भनौँ युवा, पढेलेखेका र यतिञ्जेल राजनीतिमा नमुछिएका हरुको हातमा नेतृत्व आए हालको समस्या टर्छ त रु हो, हामी आफ्नै नाकामीको अनुभव र छिमेक या अन्तराष्ट्रिय क्षेत्रका दृष्टान्तहरुले सिकाएका पाठहरुलार्इ हेर्ने समय आएको छ । हामी दुनिया भन्दा वर्षौँ हैन सताब्दियौँ पछाडी छौँ ।

हामीले अझै पनि सहि विकल्प छान्न या आफै विकल्प भएर उभ्भिन सक्दैनौ भने अघिल्लो पुस्ताले हामीलार्इ धिक्कार्ने छ । तर हामीकहाँ व्यक्तिको रुपमा पढेलेखेका नेता पनि छन् । जसले विगतमा शासन सत्ता सम्हाले र विफल भए । र जहाँसम्म युवाको कुरा छ, देश बनाउने सुन्दर सपना बोकेर युवाकालमा हैन बाल्यकालमै राजनीतिमा होमिएका नेता पनि हामी  सँग छन ।

तर विडम्बना उनिहरुले आफ्नो युवा जोस देशका लागि नभर्इ आफ्ना नेतृत्वमा रहेका छट्टु नेताहरुको स्वार्थका लागि खर्चे । पुराना गए र उनीहरु आए तर अब समय उनिहरुको बसमा रहेन । दुखको कुरा के पनि छ भने यही ट्रेण्ड आज पनि चलिहरेको छ । सिक्ने पढ्ने उमेरमै पार्टीहरुमा सक्रिय हुने, युवा जोस नेताहरुको पिछलग्गु भएर उनिहरुका खातिर खर्चिने र कालान्तरमा शक्तिमा पुगेपछि त्यही गतिविधी दोहोर्याउने ।

यानकी शासनसत्तामा पुगुञ्जेल उमेर गहिहाल्ने र सक्तिमा टिकिरहन युवाहरुलार्इ उल्लु बनाउने विकल्प हामीकहाँ प्रयोग भएको हो । त्यसकारण एउटा दुइटा युवा या पढेलेखेका नेता मात्रले समस्याको समाधान हुनेवाला छैन ।

भारतमा काङ्ग्रेसका नेता राहुल गान्धी लंदनमै पढेका र उतै राम्रो नोकरी पनि गरेका मान्छे हुन । उनि भारतमा पढेलेखेका राजनीतिज्ञहरु मध्येका एक मानिन्छन । उनी पार्टीमा महासचिव देखि उपाध्यक्षसम्म पुग्दा उनको एकमात्र नारा थियो राजनीतिमा युवा सहभागिता बढाउने र राजनीतिक सुधार गर्ने । उनले आफ्नो लक्ष्यमा केही सफलता पनि हाँसिल गरे । उनको पार्टीमा केही हदसम्म तत्कालिन समयमा युवा सहभागिता पनि बढ्यो तर राजनितिक सुधार त भएन । किनभने उनले ति युवाहरुलार्इ त्यही ढुङ्गामुडा गर्न र विपक्षिको सामना गर्न मात्रै प्रयोग गरे ।

क्षमता भएका युवाहरुको प्रयोग नेताहरुले गरेको गल्तिको ढाकछोप गर्न मात्रै भएपछि के हुँदो रहेछ भन्ने परिणाम छताछुल्ल छ । नेपालमा विगतमा त्यही भएको हो र आजका दिनमा पनि पुरानै ढर्राका पात्रहरु नयाँ भन्दै युवाहरुको आँखामा छारो हाल्न व्यस्त छन । कुनै पनि पुराना अराजक र विध्वंसात्मक मनोविज्ञान भएकाहरुको नेतृत्वमा नयाँ, पृथक र वैकल्पिक खालका शक्तिहरुको उदय र दीर्घकालिन समृद्धी असम्भव छ । क्षमतावान युवाहरुलाइ आफ्नोलागि प्रयोग गर्ने काम पुनः तिनै पात्रहरुबाट भइरहदा पनि चेत नखुल्नु हामी युवाहरुको बिडम्बना हो ।

छिमेकी भारतकै अर्का सान्दर्भिक उदाहरण हुन अरबिन्द केजरिवाल । प्रतिष्ठित आइआइटी पास आउट उनी पढेलेखेका युवा नेता मध्ये प्रमुख स्थानमा आउँछन । भारतिय राजस्व सेवाका पुर्व अधिकारी केजरीवाल प्रतिष्ठित रोमन म्यागसेसे पुरस्कार विजेता हुन । यी कुरा नै उनी बौद्धीक र शिक्षित नेता रहेको प्रमाण हो । राहुल गान्धी जस्तै केजरिवालको सफलता असफलताको निर्क्यौल गरिहाल्ने समय आइसकेको त हैन तर लक्षणहरु आशा अनुकुल छैनन ।

उनी त झन राजनीतिमा सुधार गर्न हैन नयाँ किसिमको राजनीति गर्न भनेर आएका हुन र जनताको विश्वास पनि जितेका हुन । तर उनी आफै र शिर्षस्थ केही सहयात्री बाहेक धेरै जसो उनको पार्टीका नेताहरु संदिग्ध पृष्ठभूमिका छन । धरै बहालबाला न्त्री र सांसद नै छानविनको घेरामा छन् । यद्यपी यसमा त्यहाँको राजनीतिक शक्ति सन्तुलनको पनि हात नहोला भन्न सकिन्न । विस्तारै भएपनि उनको पार्टी प्रति जनमानसमा धारणा बद्लिदैछ ।

आरोप उहि छ की उनी पनि पुरानै आरोप प्रत्यारोपको राजनीतिमा रुमल्लीए र राजनीतिक संस्कार सुधारको उनको अभियान अलमलमा परेको छ । यसले गर्दा जुन चामत्कारिक सफलता उनले पाएका थिए त्यसका विपरित उनको पार्टी अन्य साना र क्षेत्रिय पार्टीहरुकै हैसियतमा पुगेको कतिपय ठान्दछन । केजरीवाल र आम आदमी पार्टीको यो दृष्टान्तले पनि हामीलार्इ एक पाठ हुन सक्छ ।

केजरीवाल जस्ता पढेलेखेका युवा नेताहरुको भविष्य भन्न नसकिएपनि वैकल्पिक राजनीतिमा उनी उपस्थित हुन सक्ने सम्भावना र आशा छिन्नभिन्न भैसकेको छ । कतिपयले चित्रण गरेझै भयो भने यहाँ नेपालमा पनि उनी संगसैंको सेरोफेरोमा उदाएका आसातित शक्तिहरुले आमआदमीको बाटो समाउने खतरा रहन्छ । ति शक्तिहरुले यस्ता  मुद्धाहरुमा सत्रक मात्र हुने हैन आफ्नो बैकल्पिक र मौलिक मार्गचित्र जनतासामु स्पष्ट पार्न नसके ढिलो भैसकेको छ । जनता सामु आफै उपस्तिथ नहुन्जेल सम्म विकल्प बनेर नमुना देखाउन असम्भव प्राय छ ।

र आफुलार्इ वर्तमान राजनीतिक शक्तिसन्तुलनका विकल्प ठानीरहेका नयाँ नयाँ शक्ति हरु विभिन्न अभियानहरुले पनि केहि कुरा मनन गर्नु पर्ने समय आएको छ । जस्तो की राम्रो नेतृत्वका लागि उच्च शिक्षा र युवा हुनु मात्रै पर्याप्त गुण हैनन् । भएका क्षमताहरुको उपयोग कुन तौर तरिकाले हुन्छ भन्ने कुरामा परिणाम भर पर्छ । अहिले जसले जे सुकै भने पनि दश पन्ध्र वर्ष पछिका प्रमुख प्रतिस्पर्धी भनेका यिनै उदाँउदै गरेका पृथक शक्तिहरुनै हुन । यो पुराना दलहरुको समय सक्किएर मात्रै हैन, नेपाली समाजको मागले पनि सम्भव छ र आवश्यकता पनि छ ।

तर एउटा कुरा छिट्टै हामीसबैले के बुझ्नु जरुरी छ भने कुनै पेशागत दक्षता भएका या उच्च शीक्षा हासिल गरेका एकदुइ जनाले मात्रै नेतृत्व लिँदा बाटो क्लियर हुन्छ भन्नु भ्रम हो । यस्तै मसंग धेरै युवा जमात छ मै हुँ अबको विकल्प भनेर कोहि सोच्छ भने उ झन ठूलो भ्रममा छ । कुरा के हो भने के ति युवाहरुलार्इ साँच्चै राजनीतिक संस्कार बदल्ने काममा लगाइएको छ त रु या भनौँ के पार्टीहरुमा सक्रिय युवाहरु उद्यमशील र आत्मनिर्भर छन त रु उनिहरुलार्इ भोलि शासन सत्तामा पुगुन्जेल लिनु पर्ने जिम्मेवारी को पुर्वतयारी स्वरुप तयार पारिदैछ त रु के ति सक्रिय युवाहरुको अतित सफा छ र समाजमा उनिहरुको प्रभाव सकारात्मक छ त रु हो यि र यस्ता प्रश्नरुको जवाफ जो संग छ उसको भविष्य उज्वल हुने सम्भावना छ भने सक्रिय युवाहरुको पनि राजनीतिक नेतृत्वमा पहुँच सम्भव छ । यदी यि कुराहरु युवा नेतृत्व या पढेलेखेका नेताहरुले गर्न सक्दैनन् भने उनिहरुले राजनीतिमा नआउनुनै राम्रो हुन्छ बरु आफ्नै पेषागत दक्षता भएको क्षेत्रबाट राष्ट्रलार्इ योगदान दिन सकिन्छ ।

तर राजनीतिमा नआइनहुने हो भने राजनीतिक नेतृत्वमा पुग्ने आकाङ्क्षा नबोकेकै बेस हुन्छ ।  र यो केरकार को निस्कर्ष के हो भने पढेलेका युवाको भविष्य राजनीतिमा सुरक्षित छ,  देशले यहि वर्गको नेतृत्व खोजेको पनि छ । तर जब सम्म युवा अरु कसै गलत व्यक्तिबाट परिचालित छन या जब सम्म उनिहरु आफै विकल्प बन्न र तत् प्रकारको नेतृत्व लिन तयार हुन्नन् तब सम्म यो गाह्रो पनि छ । 

विगतमा कुनै राजनीतिक संलग्नता नभएका र स्वच्छ छवि भएका तथा पेशागत रुपमा दक्ष भन्दा पनि राजनीति वा कुटनीति वा नेतृत्व मा दख्खल राख्ने युवाकै नेतृत्वमा यो परिवर्तन सम्भव छ । नत्र फाट्टफुट्ट एक दुर्इ जना आउलान पुरानै मार्गमा चल्लान र युवा नेतृत्व को चाहना अधुरै रहने छ । राजनीतिक संस्कार सुधार या वैकल्पिक राजनीतिको चाह राजनीतिक नेतृत्वमा युवा विकल्प नआएसम्म पुरा हुने देखुन्न ।

त्यसैले युवा राजनीतिमा आँउ, युवालार्इ नै राजनीतिमा ल्याँउ, युवाहरुले नै नेतृत्व लिँउ र युवाको क्षमताको उपयोग राष्ट्रिय हितमा गरौँ ।  भन्ने गरिन्छ कि आफुमा परेपछि मात्रै सिकिन्छ । तर यो छुट हामी नेपाली युवालाइ छैन किनकी हामीले आफुमा पर्दा सम्म र त्यसपछि सिक्दा सम्म धेरै समय बितिसकेको हुनेछ । उसै त धरै पछाडी हाम्रो देश झन बढी पछाडी धकेलिँदै जानेछ र त्यसको जिम्मेवारी यो पुस्ताको युवाले लिनुपर्ने छ ।

अबको माग हो अघिल्लो पुस्ताको नेतृत्वबाट र उनिहरुका गूणदोषबाट सिकौँ । उनिहरुको राष्ट्रिय योगदानको सम्मान गरौँ । उनिहरुले गरेका गल्ति नदोहोर्याँउ । अघिल्लो पुस्ताको अनुभवको उपयोग र क्षमताको सम्मान गर्ने संस्कृती सहित उनिहरुलाइ जिम्मेवारीबाट विदा गरौँ । समग्रमा जित जीतको बाटो राजौँ । 

गलत राजनीतिलार्इ निषेध गर्ने हो र निषेधको राजनीतिलार्इ अन्तय गर्ने हो । कोही निषेध नहुन् सबै समेटिउन भन्ने भाव लिएर युवा अगाडी बढौँ । हामीले चाहेजस्तो राष्ट्रिय समृद्धी र शान्ती हाम्रै जीवनकालमा सम्भव छ । युवा राजनीतिमा आउन र स्थापित हुन जति धेरै समस्या छन् त्यति धेरै यहाँ सम्भावना पनि छन । तर ति सम्भावनाका फुलहरु टिप्न अरु कोहि नभएर युवाहरु आफै विकल्प बनेर अघि सर्नु जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या