2026-11-25 04:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने

2026-11-25

काठमाडौँ | पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डको घोप्टेभीरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न थप तीन दिन लाग्ने भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार अप्ठेरो भूगोल भएकाकारण काम गर्न कठिन भएकाले समय बढी लागेको हो । गत शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी रोकेर जोखिमपूर्ण भाग झार्ने काम भइरहेको छ । उनले भने,’थप समस्या आएन भने अबको तीन दिनमा काम सक्ने लक्ष्य छ ।’

माथिबाट स्काभेटरले जोखिमपूर्ण भाग झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सवारी रोकेर काम गरिएको छ । निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालका अनुसार सडकबाट झण्डै १०० मिटर माथि डाँडामा मेसिन लगेर अहिले काट्ने काम भइरहेको छ । निकै जोखिमपूर्ण काम भएकाले प्रगति ढिलो भएको उनले बताए । मङ्गलबार मात्रै पनि माथिल्लो ढिस्को खसेर एक्साभेटर पुरेको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरले काम गरिरहेको उनले जानकारी दिए । मिलेसम्म थप एउटा मेसिन माथि डाँडामा पठाउने तयारी गरिएको उनले बताए।

यस्तै सडक बन्द भएको समयमा चुम्लिङ्टार र कुरिन्टारको बीचको डाहाकी खोलामा समेत सडक चौडा गर्न थालिएको छ । सो ठाउँमा १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने भएकाले दुबै ठाउँमा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’