2026-11-25 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी

2026-11-25

काठमाडौँ | प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ। बुधबार न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा दुवै पक्षको बहस सकिएपछि अदालत आदेशको तयारीमा जुटेको हो।

सुनुवाइका क्रममा सुरुमा सरकारी पक्ष र त्यसपछि रिट निवेदक कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए। बालेन सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएर अन्याय गरिएको दाबी गर्दै सरकारको उक्त निर्णय रोक्न माग राखेर कार्कीले २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

बुधबारको बहसमा कार्कीको पक्षबाट वकालत गर्ने कानुनविद्हरूले सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी रहेको दाबी गर्दै अन्तरिम आदेशको माग गरे। कार्कीको बचाउमा बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षक पद सरकारले जहाँ खटायो त्यहीँ पठाउने पद नभएको तर्क गरे। सरकारले हटाएको नभई खटाएको बताइरहँदा त्यसले मुलुकमा दुईजना आईजीपी हुने अवस्था सिर्जना गरेको उनको जिकिर थियो। कानुनले नै निश्चित पदावधि तोकेको पदबाट अवधि पूरा नहुँदै पदमुक्त गर्न नमिल्ने र हटाउनै परे स्पष्ट, वस्तुनिष्ठ तथा उचित कानुनी आधार र कारण खुलाउनुपर्ने सर्वोच्चकै पूर्वनजिर रहेको उनले उल्लेख गरे।

कार्कीका अर्का कानुन व्यवसायी अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीको सल्लाहकारमा खटाउँदा साबिकको आईजीपी पद यथास्थितिमै रहने तर्क पेस गरे। अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा कार्कीलाई पदबाट हटाउँदा प्रतिशोधपूर्ण निर्णय देखिएको दाबी गरे। उनले हितेन्द्रदेव शाक्यको रिटमा निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना हटाउन वा अर्को निकाय वा नयाँ सिर्जना गरिएको पदमा सरुवा गर्न नपाइने नजिर स्थापित भएको दृष्टान्त इजलाससमक्ष पेस गरे। प्रहरी महानिरीक्षक आफैंमा सुरक्षा सल्लाहकारको भूमिकामा रहने पद भएकाले कार्कीलाई पुनः सुरक्षा सल्लाहकारमा नियुक्ति गर्नुको कानुनी औचित्य साबित नहुने जिकिरसमेत कुँवरले गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन जापान पठाउने प्रलोभनमा २ करोड ४५ लाख ठगी, एक जना पक्राउ लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन प्रधानमन्त्री शाहको आह्वान त्रिभुवन विमानस्थलमा दुई किलोभन्दा बढी सुनसहित दुई महिला पक्राउ दानबहादुर कार्कीको पुनर्बहाली रिटमा आज सर्वोच्चमा सुनुवाइ सुनको मूल्यमा ठूलो गिरावट, तोलामा ६ हजार ५०० रुपैयाँ घट्यो सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी