काठमाडौँ | निर्वाचन आयोगले नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट अद्यावधिक भएको विधान र नयाँ पदाधिकारीहरूको अभिलेख अद्यावधिक गरेको छ । आयोगको मंगलबार बसेको बैठकले कांग्रेसको विषयमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
सोही निर्णय बमोजिम आज विवरण अद्यावधिक भएको जानकारी कांग्रेस पार्टीलाई पत्रमार्फत अवगत गराइएको उनले बताए । कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति गगत थापासहित २३१ सदस्यीय नयाँ कार्यसमितिको विवरण गत कात्तिक १६ गते आयोगमा बुझाएको थियो । उक्त विवरणमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजका साथै केही महत्त्वपूर्ण निर्णयहरू समावेश गरिएको थियो ।