2026-09-18 11:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास पड्किँदा भोजपुर बजारमा भीषण आगलागी

सरिता राई/मङ्सिर ५, भोजपुर । ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । 

आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो । 

भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास जारी छ । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाइरहेका छन् । तर आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको छ । 

घना बजार भएका कारण आगो निभाउन कठिन भइरहेको छ । आगो निभाउन नसकेपछि डोजरले घर तथा पसल भत्काउने काम भइरहेको छ । बजारको विद्युतीय सेवा अहिले बन्द गरिएको छ । खानेपानीको पाइपलाइन काटेर आगो निभाउने काम भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई