२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्यास पड्किँदा भोजपुर बजारमा भीषण आगलागी

५ मंसिर २०७३, आईतवार १३:३१

सरिता राई/मङ्सिर ५, भोजपुर । ग्यास पड्किँदा भोजपुर जिल्लाको सदरमुकाम भोजपुरबजारमा भीषण आगलागी भएको छ । 

आज साँझ पाँच बजे बजारको भोटेपसलस्थित नीलम ज्वेलर्समा ग्यास पड्केपछि बजारमा आगो लागेको हो । अहिलेसम्म आगलागीबाट १५ भन्दा बढी पसल तथा स्थानीय बासिन्दाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राधा पराजुलीले जानकारी दिनुभयो । 

भोजपुर नगरपालिकाको एकमात्र वारुण यन्त्रको मद्दतमा आगो निभाउने प्रयास जारी छ । यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयवासी आफैले आगो निभाइरहेका छन् । तर आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट पसल तथा घरमा राखिएका ग्याँस सिलिन्डर पड्किन थालेपछि आगलागी फैलिँदै गएको छ । 

घना बजार भएका कारण आगो निभाउन कठिन भइरहेको छ । आगो निभाउन नसकेपछि डोजरले घर तथा पसल भत्काउने काम भइरहेको छ । बजारको विद्युतीय सेवा अहिले बन्द गरिएको छ । खानेपानीको पाइपलाइन काटेर आगो निभाउने काम भइरहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने