कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

खम्बुवानको प्रथम थलाहा गाउँ भेला सम्पन्न

५ मंसिर २०७३, आईतवार १४:५६

कुलचन्द्र विष्ट | मङ्सिर ५, मोरङ | नेपालको संविधान– २०७२ समावेशी समानुपातिक रहेको तर कार्यन्वयको कार्यविधि नवन्दा संविधान कार्यन्वयनमा शंका उत्पन्न भएको खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रिय उपाध्यक्ष डि.एस खम्बुले वताउनुभएको छ । 

आज पार्टीको प्रथम थलाहा गाउभेलाका प्रमुख अतीथी उहाले भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो वताउनुभएको हो । खम्बुले ६२–६३ पछि नेपाली राजनितिको परिदृश्य परिवर्तन भएको र एकात्मकवादी तथा माओवादी समेत पछिल्लो समयमा पश्चगमन तर्फ गईरहेकोले संविधान कार्यान्वयन गर्न खम्बुवान, लिम्बुवान , पहिचानवादी पार्टीहरु, आदिवासी जनजाती, दलित, मुस्लिम, थारु, सिमान्तकृत वर्गहरु एक हुनुको विकल्प नरहेको वताउनुयो । मोरङको थलाहा गाउ कमिटीकी अध्यक्ष पविता ऋषिदेवको सभापतित्वमा सम्पन्न सो भेलाका विशिष्ठ अतीथीमा  पार्टीका केन्द्रिय सचिव भूपी कोइ, केन्द्रिय कोषाध्यक्ष दिलराम खम्बु तथा विशेष अतिथीमा खम्बुवान नारी मोर्चाकी संयोजक अमिता खम्बु रहनुभएको थियो । 

केन्द्रिय उपसचिव राजुदेव राई, केन्द्रिय प्रवक्ता रणेन्द्र थिमा्रहाङ, खस परिषद संयोजक भिम तिम्सीना, ब्राम्हण परिषद संयोजक नारायण प्रसाद नेपाल, पार्टीका केन्द्रिय सदस्य डम्बर खम्बु, अल्विना राई, मनकुमारी खम्बु, सौराज राईलगायतका अतीथी रहनुभएको सो भेलाले सम्झना राईको अध्यक्षतामा १३ सदस्यिय थलाहा गाउ कमिटी गठन गरेको छ । समितीको उपाध्यक्षमा अनिता रिखियासन सचिवमा धन बहादुर विक र कोषाध्यक्षमा कुन्ती ऋषीदेव रहनुभएको छ । 

यसैगरी मोरङकै टाडीमा समेत अमृत राईको अध्यक्षतामा १३ सदस्यिय गाउ कमिटी गठन गरिएको पार्टीका केन्द्रिय उप– सचिव राजुदेव राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य