२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राज्यले तोकेको सेवा सुविधा पाउनु पर्छः गौतम

६ मंसिर २०७३, सोमबार ०३:३९

गोविन्द बिश्वकर्मा/मङ्सिर ६, सुर्खेत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रिय सचिव कमल गौतमले श्रमिकहरुले राज्यले तोकेको सेवा सुविधा पाउनु पर्नेमा जोड दिएका छन् । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) मा आवद्ध नेपाल स्वतन्त्र प्रेस मजदुर युनियन जिल्ला कमिटी सुर्खेतको आइतबार सम्पन्न दोस्रो विस्तार बैठकका प्रमुख अतिथि जिफन्टका केन्द्रीय सचिव एवं जिफन्ट ६ नं. प्रदेश कमिटीका संयोजक समेत रहेका गौतमले राज्यले ब्यवस्था गरेको सुविधा पाउनुपर्ने बताएका हुन् । 

संगठित हुन पाउने नागरिकको अधिकार भएकाले प्रेस क्षेत्रमा काम गर्ने श्रमिकहरु हकअधिकार र श्रमको सम्मानबाट बञ्चित रहेके बताए । आगामी दिनमा नेपाल सरकार श्रम ऐन, आईएलओ सन्धीको आधारमा सबैलाई अधिकार दिलाउन जिफन्ट कटिबद्ध रहेको पनि गौतमले जानकारी दिए । 

साथै उनले श्रमको उचित मुल्याङ्कन हुनुपर्ने बताए । उनले भने–“जहाँ श्रमको सम्मान हुँदैन, त्यहाँको राष्ट्र कहिल्यै समृद्ध हुन सक्दैन ।” बैठकमा नेपाल स्वतन्त्र प्रेस मजदुर यूनियनका जिल्ला सचिव निमबहादुर बुढाले जिल्लाको समग्र गतिबिधि प्रस्तुत गरेका थिए भने केन्द्रीय कमीटीका सदस्य तथा जिफन्ट ६ नं. प्रदेश कमिटका सदस्य एवं प्रचार विभाग प्रमुख तेज प्रकाश जि.सीले युनियनका व्याप्त समस्या र चुनौतिहरुलाई चिरफार गर्न सबै श्रमिकहरुलाई गोलबन्द र एकताबद्ध भएर अगाडी बढ्न आग्रह गरेका छन् । 

उनले भने–“विगत ७ वर्षदेखि यथास्थितिमा रहँदै आएका युनियनका मागहरु पूरा गर्न अब हामीसँग जिफन्ट छ, सबै मिले श्रमिकका मागहरु पुरा हुनेछन् ।” बैठकमा ६ नं. प्रदेश कमिटिका सचिव पूर्ण के.सी., आर्थिक प्रमुख टेकबहादुर सलामी लगायत जिल्ला कमिटी पदाधिकारीहरु र छापाखानामा कार्यरत श्रमिकहरु समेतको उपस्थिति रहेको थियो ।

जिफन्टको अध्यक्षमा घर्ती

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट)सुर्खेतको अध्यक्षमा भुपेन्द्र घर्ती मगर चयन भएका छन् । आईतबार सुर्खेतमा सम्पन्न साधारण सभाबाट मगरको अध्यक्ष्यताम नयाँ कार्य समिति चयन गरेको हो । युनियनको उपाध्यक्षमा गुरुङ राई, सचिवमा बिशाल थापामगर चयन भएका छन् । 

सदस्यहरुमा मुक्ति श्रेष्ठ, धर्म बि.क, शादिक अलिसा र अम्मर राई रहेका छन् । वीरेन्द्रनगरमा छरिएर रहेका श्रमिकहरुलाई एकतामा ल्याएर श्रमिककमा समस्यालाई समाधान गर्ने उदेश्यले ट्रेड युनियनको नगर कार्यसमिति चयन गरिएको नवनिर्वाचित अध्यक्ष घर्तीमगरले जानकारी दिए । 

वीरेन्द्रनगरमा हाल ६५ जना अटो मेकानिक्सहरु ब्यवसायिक रुपमा लागेका छन् । आगामी दिनमा युनियनको संगठनलाई शाखाहरुका रुपमा विस्तार गर्दै लैजाने अध्यक्ष घर्तीमगरले बताए । सुर्खेतको भेरीगंगा नगरपालिकामा पनि विस्तार गर्ने योजना रहेको अध्यक्ष घर्तीमगरले जानकारी दिए । 

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (जिफन्ट) सुर्खेतका अध्यक्ष मिजन अन्सारीको अध्यक्षतामा भएको भेलामा जिफन्ट ६ नम्बर प्रदेशका संयोजक कमल गौतम लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे