तिमीलाई छोडी जाने रहर थिएन
"/>
तिमीलाई छोडी जाने रहर थिएन
"/>
तिमीलाई छोडी जाने रहर थिएन
भाग्यले नि हामीलाईसंगै हुनै दिएन
गयौ तिमी सल्काएर पिरतीको दीयो
त्यो बेलामा कता कता मन जलेको थियो
लेखिएको रहेनछ तिम्रो मान्छे हुन
तिम्रो खुशी हास्न पाउँ तिम्रै आसु रुन
तिमीलाई …….
तिम्रो मेरो दर्द एउटै घाउ भिन्न भिन्न
सकिदैन रैछ साँच्चै भाग्य रेखा छिन्न
तिम्रो दिलको बगैचामा बन्छु भन्थें माली
ह्रृदयकी चरी उड्दा सून्य भाछ डाली
तिमीलाई …….
अरुभन्दा भिन्न थियो हाम्रो बालापन
माया गर्न नजानेर दुःखाएकी मन
चाहेर नि सकिएन लगाउन गुन
कति जुनी कुर्नुपर्ला तिम्रो मान्छे हुन
तिमीलाई …….
कविता उपाध्याय, रोल्पा