करुणा कुँवर, मनोविद । म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

करुणा कुँवर, मनोविद । म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर"/>

2026-09-18 06:13 PM
अछाम - ACM

सपनामा नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । के भएको होला ?


करुणा कुँवर, मनोविद । म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर हप्ताको एक–दुई पटकजस्तो स्वप्नदोष हुन्छ । सपनामा आफूले चिनेका अनि नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । भोलिपल्ट सपनाका कारण मनमा छटपटी हुन्छ । यस्तो समस्या किन हुन्छ ? यस्तो समस्या यौन क्रियाकलाप नभएका कारणले हुन्छ वा मेरो जस्तो उमेरमा सबैलाई हुन्छ अथवा ममा कुनै मनोवैज्ञानिक असरका कारण यस्तो भएको हो ? -मिस्टर जी

स्वप्नदोषलाई अनुसन्धानकर्ताहरूको भाषामा नक्र्टनल इमिसन्स भनिन्छ र यो विशेष गरी उठ्ने समयमा हुन्छ । २०१४ मा प्रकाशित जर्नल ‘ड्रिमिङ’ मा उल्लेख भएअनुसार यदि पुरुषहरूको यौन सम्बन्ध वा हस्तमैथुनद्वारा स्खलन भएको छैन भने उनीहरूलाई नक्टर्नल इमिसन्स हुने सम्भावना बढी हुन्छ, तर यसो भन्दैमा यौनसम्बन्ध हुने पुरुषमा नक्र्टनल इमिसन्स हुदैन भन्नेचाहिँ होइन, तर ती पुरुषमा नक्र्टनल इमिसन्स भने कम मात्रामा हुन्छ । 

विभिन्न अनुसन्धानमा पुरुषहरूले सपनामा किसिङ, यौन क्रियाकलापजस्ता व्यवहार कुनै महिलासँग वा आफ्नै साथीसँग गरेको देख्दा नक्र्टनल इमिसन्स हुने गरेको प्रतिक्रिया दिएका छन् । नक्र्टनल इमिसन्स विशेष गरेर किशोर वा वयस्क अवस्थामा हुन्छ । 

कुनै–कुनै अवस्थामा हार्मोनका कारणले पनि यस्तो हुन्छ । जस्तै २०११ को एक अनुसन्धानअनुसार केटाहरू जसको सेक्स हार्मोन कम निस्कन्छ उनीहरूले टेस्टोटेरिन हार्मोन खान थालेपछि पनि नक्र्टनल इमिसन्स हुने सम्भावना हुन सक्छ । नक्र्टनल इमिसन्स पुरुषसँग सम्बन्धित व्यवहार भए पनि यसो हुनुमा विभिन्न तत्त्व कारक हुन सक्छन् ।

तपाईंको कुराअनुसार तपाईंमा डर, चिन्ता जस्ता समस्या छ जस्तो देखिँदैन । हाल २७ वर्षको हुनुहुन्छ र अहिले तपाईंको उमेरका कारण स्वप्नदोषको अनुभव गर्नुभएजस्तो देखिन्छ । यदि लामो समयसम्म यस्तै समस्या कायम रहे विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । स्रोत: साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई