करुणा कुँवर, मनोविद । म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

करुणा कुँवर, मनोविद । म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर"/>

२८ मंसिर २०८२, शनिबार
अछाम - ACM

सपनामा नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । के भएको होला ?

६ मंसिर २०७३, सोमबार ११:१८


करुणा कुँवर, मनोविद । म २७ वर्षीय अविवाहित पुरुष हुँ । यौन सम्बन्धमा रुचि भए पनि अध्ययनमा व्यस्त हुनुपर्ने भएका कारण मेरी गर्लफ्रेन्ड पनि छैनन्, तर हप्ताको एक–दुई पटकजस्तो स्वप्नदोष हुन्छ । सपनामा आफूले चिनेका अनि नचिनेका महिलासँग यौनसम्पर्क भएको देख्छु । भोलिपल्ट सपनाका कारण मनमा छटपटी हुन्छ । यस्तो समस्या किन हुन्छ ? यस्तो समस्या यौन क्रियाकलाप नभएका कारणले हुन्छ वा मेरो जस्तो उमेरमा सबैलाई हुन्छ अथवा ममा कुनै मनोवैज्ञानिक असरका कारण यस्तो भएको हो ? -मिस्टर जी

स्वप्नदोषलाई अनुसन्धानकर्ताहरूको भाषामा नक्र्टनल इमिसन्स भनिन्छ र यो विशेष गरी उठ्ने समयमा हुन्छ । २०१४ मा प्रकाशित जर्नल ‘ड्रिमिङ’ मा उल्लेख भएअनुसार यदि पुरुषहरूको यौन सम्बन्ध वा हस्तमैथुनद्वारा स्खलन भएको छैन भने उनीहरूलाई नक्टर्नल इमिसन्स हुने सम्भावना बढी हुन्छ, तर यसो भन्दैमा यौनसम्बन्ध हुने पुरुषमा नक्र्टनल इमिसन्स हुदैन भन्नेचाहिँ होइन, तर ती पुरुषमा नक्र्टनल इमिसन्स भने कम मात्रामा हुन्छ । 

विभिन्न अनुसन्धानमा पुरुषहरूले सपनामा किसिङ, यौन क्रियाकलापजस्ता व्यवहार कुनै महिलासँग वा आफ्नै साथीसँग गरेको देख्दा नक्र्टनल इमिसन्स हुने गरेको प्रतिक्रिया दिएका छन् । नक्र्टनल इमिसन्स विशेष गरेर किशोर वा वयस्क अवस्थामा हुन्छ । 

कुनै–कुनै अवस्थामा हार्मोनका कारणले पनि यस्तो हुन्छ । जस्तै २०११ को एक अनुसन्धानअनुसार केटाहरू जसको सेक्स हार्मोन कम निस्कन्छ उनीहरूले टेस्टोटेरिन हार्मोन खान थालेपछि पनि नक्र्टनल इमिसन्स हुने सम्भावना हुन सक्छ । नक्र्टनल इमिसन्स पुरुषसँग सम्बन्धित व्यवहार भए पनि यसो हुनुमा विभिन्न तत्त्व कारक हुन सक्छन् ।

तपाईंको कुराअनुसार तपाईंमा डर, चिन्ता जस्ता समस्या छ जस्तो देखिँदैन । हाल २७ वर्षको हुनुहुन्छ र अहिले तपाईंको उमेरका कारण स्वप्नदोषको अनुभव गर्नुभएजस्तो देखिन्छ । यदि लामो समयसम्म यस्तै समस्या कायम रहे विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ । स्रोत: साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह