सन्तोषकुमार गुप्ता । मंसिर, ६ दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता । मंसिर, ६ दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी भ"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

गुटउपगुटको राजनीति मौलाउँदै – नेता कोइराला

६ मंसिर २०७३, सोमबार १४:३४


सन्तोषकुमार गुप्ता । मंसिर, ६ दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी भित्र गुट उपगुटको राजनीति मौलाउँदै गएको बताएका छन् । नेपाली काँग्रेस दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले भने काँग्रेसलाई बलियो बनाउन पार्टी्िभत्र गुट उपगुट भएर होइन, पार्टीका नेता तथा कार्यकर्ता एकजुट भएर अगाडि बढ्नुपर्छ ।

उनले कांग्रेसमा चिरा चिरा परेकाले अव व्यक्ति स्वार्थी, जातिवाद र अर्कोको इसारामा नचली सच्चा कांग्रेसको रुपमा लाग्न पनि कार्यकर्तालाई आग्रह  गरे । उनले कांग्रेस विभाजन भएकोमा सवैलाई पिडा भएको समेत बताए । उनले राष्ट्रियता लोकतन्त्रलाई बलियो बनाउन पनि कांग्रेस एक हुनुको बिकल्प नभएको बताए । उनले कांग्रेसका सभापति देउवाले सानो गुटलाई च्यापेकाले पनि समस्या भएको बताए । उनले जव सम्म मधेसका जनताहरुलाई नेपाली हुन र नेपाली छन् भन्ने काठमाडौमा वस्ने नेताहरुले ठान्दैनन  तव सम्म मधेसको समस्या समाधान नहुने उनको भनाई छ । नेता कोइरालाले मधेसवादी दलले उठाएको सीमाङ्कन, नागरिकता र पहिचानको मुद्दाराम्रो भएपनि जोखिमपूर्ण भएको समेत बताए ।


“सीमाङ्कनका नाममा मधेसलाई छुट्टै प्रदेश माग्नु, अंगिकृत नागरिकता भएकाहरु सम्वेदन सिल पदमा जानुपर्न भन्ने पक्षमा कांग्रेस पनि छैन र त्यो हुदा पनि हुदैन उनले भने । कार्यक्रममा कांग्रेसका नेता पूर्वसङ्गठन विभाग प्रमुख तथा सांसद आनन्द ढुङ्गानाले नेपाली कांग्रेसले संविधान जारी गरेका भन्दै अवको समस्या पनि कांग्रेसलेनै हल गर्ने बताए । उनले ठुलो दवाबका विचपनि कांग्रेसले संविधान जारी गरेको भन्दै अव कार्यन्वयनपनि कांग्रेसले गर्ने दावी गरे । उनले संविधान कार्यान्वयनसँगै ५ नं प्रदेशलाई हेरफेर नगर्ने पक्षमा काँग्रेस र एमाले रहेको बताए ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोख्रेलले राष्ट्रमा अहिले संविधान कार्यान्वयनसँगै आर्थिक विकासको मुद्दा उठाउन आवश्यक रहेको बताए । ‘आर्थिक वृद्धिदर न्यून हँुदा नेपालीको अवस्था उकास्न समस्या भएको छ”– पूर्वउपाध्यक्ष पोख्रेलले भने । “नेपाललाई आत्मनिर्भर बनाउन र आर्थिक समृद्धिमा लाग्न सबै एक हुनुपर्छ –पोख्रेलले भने । सो अवसरमा कार्यकर्ताहरुले कांग्रेसमा गुट उपगुट र व्यक्ति वादी चरित्रका कारण कांग्रेस कमजोर भएको बताएका थिए ।

नेपाली कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको सभापतित्व कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका निर्वतमान सभापति घनस्याम रेग्मी, पूर्व सभापति विरकेश्वरी गौतम, सांसदहरु वुद्धिराम भण्डारी, राजु खनाल, अनिता देवकोटा, कांग्रेसका नेता तेजबहादुर वस्नेत, शंकर गिरी, जोगेन्द्र विश्वकर्मा, वासुदेव जंगली, क्षेत्र नं ४ का सभापति जगतबहादुर खड्का, महिला संघकी अध्यक्ष चित्रा गिरी, देवा वस्नेत, लालबहादुर गिरी, विरबहादुर केसी, रमेश गौतम, विनोद पाण्डे, रेशमबहादुर भण्डारी, राजु आचार्य, ज्ञानप्रसाद सुवेदी, विनोद वस्नेत दिपक न्यौपानेलगायतले बोलेका थिए । कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा रानाको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शंकर डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु