दाङको स्युजामा पहिलो पटक राजमो गाउँ कमिटी बिस्तार

सन्तोषकुमार गुप्ता । देउखुरी, ६ मंसिर ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दाङको स्युजामा पहिलो पटक राजमो गाउँ कमिटी बिस्तार

सन्तोषकुमार गुप्ता । देउखुरी, ६ मंसिर ।"/>

2026-09-19 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

राष्ट्रिय जनमोर्चा दाङमा प्रबेशको लहर

दाङको स्युजामा पहिलो पटक राजमो गाउँ कमिटी बिस्तार

सन्तोषकुमार गुप्ता । देउखुरी, ६ मंसिर । अक्टोबर सर्तबार्षिकी अभियान संगै दाङमा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको लहर नै बढेको छ । “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चाले शुरु गरेको अक्टोबर क्रान्ति सर्तबार्षिकी अभियान अन्र्तगत दाङमा अन्य पार्टी परित्याग गरी राष्ट्रबादी पार्टी राष्ट्रिय जनमार्चामा प्रबेशको लहर बढेको हो । 

राष्ट्रिय जनमार्चा जिल्ला कार्य समिती दाङले सञ्चालन गरेको अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन जिल्लाब्यापी प्रचारत्मक जनजागण घरदैलो अभियान संगै जिल्लाका सबै गाविस र नगरपालिकामा पार्टी प्रबेश गर्नेको लहर बढेको राजमो दाङका जिल्ला सचिव गणेश आचार्यले जानकारी दिनु भएको छ । यसैबीच जिल्लाको दुर्गम गाविस स्युजामा दर्जनौ नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी राजमोमा प्रबेश गरेका छन् । यस अघि कार्यकर्ता शुन्य रहेको स्युजा गाविसमा अक्टोबर क्रान्तिको सर्तबार्षिकी अभियान संगै दर्जनौ नेता कार्यकर्ताहरु उत्साहपूर्व राजमोमा प्रबेश गरेका छन् । सोमबार स्युजामा भएको अक्टोबर सर्तबार्षिकी कार्यक्रममा मदीराम आचार्यको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताहरु राजमोमा प्रबेश गरेका छन् । सो अवसरमा भएको भेलाले मदीराम आचार्यको अध्यक्षतामा ११ सदस्यीय राजमो स्युजा गाउँ कमिटी समेत गठन गरेको छ । जसको सचिवमा डोमकान्त घर्ती, कोषाध्यक्षमा बालिका गैरे, सदस्यहरुमा हिरालाल बिक, युवराज पाण्डे, ओमबहादुर बुढा, हिरासिंह पुन, जुद्धबहादुर पुन, मोहन पुन, इमी आचार्य र रामबहादुर भण्डारी रहनु भएको छ ।

मदीराम आचार्यको अध्यक्षता एवम् राजमो जिल्ला सचिव गणेश आचार्यको प्रमुख आतिथ्यमा भएको भेलामा राजमो क्षेत्र नम्बर ३ का सचिव मंगल घर्ती र क्षेत्रिय सदस्य भिमबहादुर घर्तीले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा जानकारी गराउनु भएको थियो । रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको एक सय बर्ष पुरा भएको अवसरमा राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीको अह्वानमा एक बर्षे देशै भरि सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिनु भयो । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । सतबार्षिकी अभियान अन्र्तगत अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउन दाङ जिल्ला भरि नै घरदैलो, पर्चा पम्पलेट बितरण, वालपेन्टिङ, मार्चपास लगायतका कार्यक्रम सञ्चालन गरिने सचिव आचार्यले जानकारी दिनु भयो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो