मङ्सिर ७, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका दुबै मृगौला फेल भएका ३० बर्षिय पुष्प बहादुर खत्रीलाई उपचारको लागी उनका परीवारले याचना गरेका छन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका दुबै मृगौला फेल भएका ३० बर्षिय पुष्प बहादुर खत्रीलाई उपचारको लागी उनका परीवारले याचना गरेका छन् । 

२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबै मृगौला फेल भएका खत्रीद्वारा उपचारको लागी सहयोग गरिदिन आग्रह

२०७३, ७ मंसिर मंगलवार ०६:२५


मङ्सिर ७, संखुवासभा । संखुवासभा आखीभुई गाबिसका दुबै मृगौला फेल भएका ३० बर्षिय पुष्प बहादुर खत्रीलाई उपचारको लागी उनका परीवारले याचना गरेका छन् । 

घरको आर्थिक अवस्था अत्यान्त  कम्जोर रहेकोले उपचारमा समस्या भएको उनका भाई मिलन खत्रीले जानकारी दिए । अस्पतालले  उनको  दुई मृगोला फेल भएको पुष्टी गर्दै रिपोट निकाले सँगै जिबन मरणको दोसाँधमा रहेका छन् उनलाई बिगत ४ महिना देखि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल उपचार गर्दै तर आर्थिक अवस्था कम्जोर रहेकोले भएको पैसा सकिए पछि घर फिर्ता गरेको मिलनले बताए  । 

मृगौलाकै कारण बुबाको  मृत्यु भईसकेको र आमाको पनि  सानै उमेरमा निधन भईसकेको छ। जिबन रक्षाको लागी उनका भाई मिलनले  सहयोगी मनहरुलाई अनुरोध गरेका छन्। खत्रीको  उपचारमा  अहिले सम्म ५ लाख खर्च भई सकेको छ। उनी संग  २ वटा विकल्प डायलाइसिस वा मृगौला प्रत्यारोपण गर्न मात्र बाकी रहेको छ । 

पेटबाट गर्ने डायलाइसिस (ऋब्एम्) को लागि एक पटकमा रु.३३० पर्छ । मृगौला प्रत्यारोपण नगरेसम्म प्रति दिन दुई देखि चार पटक सम्म गर्नु पर्ने हुन्छ ।  प्रति महिना २० हजार देखि ३० हजार  सम्म खर्च लाग्ने गर्दछ। 

डाक्टरका अनुसार थप उपचारका साथै मृगोला प्रत्यारोपणका लागी १० लाख रकमको आबश्यक पर्ने भएको छ । खाउँ लाउँ उमेरमा यसरी दुबै मृगौला फेल भए सँगै उपचारको पर्खाइमा रहनु भएका खत्रीको  उपचारमा आर्थिक  समस्या भई रहेको छ ।  

कुन केन्द्रमा प्रत्यारोपणका लागि जाने हो कसले मृगौला दान दिने हो र कति समय सम्म प्रत्यारोपणको लागि जाने हो यसरी डायलाइसिस र प्रत्यारोपण गर्नको लागि देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाई  जीबन बचाउने अभियानमा सबैले सहयोग गरिदिनु हुन निज खत्रीले अनुरोध गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता