सन्तोषकुमार गुप्ता । मंसिर, ७ दाङ । सिंचाई मन्त्री दिपक गिरीले नयाँ संविधान कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एक जुट हुनुपर्ने बताएका छन् । तुलसीपुरमा जारी ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर सरसफाई अभियानमा मंगलवार विहान सहभागी भएका मन्त्री गिरीले मुलुकमा सहमति मार्फत संविधान कार्यान्वयन गरी आर्थिक सम्वृद्धि तर्फ लैजानु पर्ने वेला आएको बताएका थिए ।

देशमा विकास निमार्ण अबको प्रमुख एजेण्डा हुने बताउँदै तर, सहमतिका लागि आपसी खिचातानिको अन्त्य हुनुपर्ने बताए । खिचातानीमा विकास असम्भव हुने भएकोले सहमतिमा आउनुको विकल्प नुहुने काँग्रेस केन्द्रीय सदस्य समेत रहेका गिरीले बताए । मंगलवार १४ औं हप्ताको सरसफाई अभियान्ताहरुको मनोवल बढाउन पुगेका मन्त्री गिरीले तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानले उदाहरणीय सन्देश प्रवाह गरेको उल्लेख गरे ।दाङ क्षेत्र नं. ५ बाट निर्वा्चित सांसद समेत रहेका गिरीले सरसफाई प्रत्येक व्यक्तिका लागि महत्वपूर्ण हुनेहुँदा यसमा सबैको साझा प्रयत्न हुनुपर्ने बताएका थिए । मंगलवार तुलसीपुरको ‘ङ’ लाईनमा दोश्रो पटक घरदैलो एवं सरसफाई अभियान सञ्चालन गरिएको छ ।

अभियानका संयोजक एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिएका छन् । दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा सञ्चालन भइरहेको सरसफाई अभियानले तुलसीपुरको फोहोर व्यवस्थापन र सुन्दरतामा उल्लेखनिय सुधार हुदै गएको अध्यक्ष रिजालले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, विभिन्न राजनितिक दल ,संघसंस्था, टोलविकास संस्थाहरु, यातायात व्यवसायी, नागरीक समाज लगायतको उल्लेखनिय सहभागिता रहेको थियो । यसैविच तुलसीपुर नगरपालिकाले ‘ङ’ लाईनमा आफ्नो घर पसल अगाडि र पछाडि फोहर थुपार्ने एक जना व्यक्तिलाई नगद पाँच सय जरिवाना समेत गरेको थियो ।