मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष"/>
2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गमको विकास गर्न योजनाबद्ध काम भइरहेको छ: प्रधानमन्त्री

November 22, 2016

मङ्सिर ७, ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङको ओलाङ्चुङगोलास्थित चीनको तिब्बतसँग सीमा जोडिएको टिपताला भञ्ज्याङसम्मको सडक निर्माण गर्न सरकारले विशेष प्राथमिकता दिने बताएका छन् । 

कञ्चनजङ्गा हीरक महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले ताप्लेजुङको पर्यटन विकासका लागि तिब्बतको सीमा जोड्ने ओलाङ्चुङगोला लोकमार्गको निर्माण, तमोर करिडोर निर्माण, दोभानको मोटर गुड्न पुललगायत पूर्वाधार निर्माणका लागि विशेष पहल गरिने बताए । 

भौतिक पूर्वाधारको अपेक्षित विकास नहुँदा यहाँका स्थानीयबासिन्दाको जीवनस्तर तुलनात्मकरुपमा कठिन बन्दै गएकामा आफू सचेत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पिछडिएका एवम् दुर्गम क्षेत्रको विकासका लागि सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताए । 

पर्यटन विकासका लागि जलवायु परिवर्तन मुख्य चुनौती भएको उल्लेख गर्दै उनले जलवायु अनुकूलन योजना निर्माणमा समेत सरकार सजग भएको बताए । जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा बढी देखिएको र यसले मानिसको जनजीवनमा समेत प्रत्यक्ष असर गरेको उनको भनाइ थियो । 

प्रधानमन्त्री दाहालले गत वर्षको बाढीपहिरोबाट विस्थापितलाई पुनःस्थापना गराउने विषयमा समेत सरकार प्रतिबद्ध भएको बताए । 

महोत्सवमा श्रममन्त्री, पर्यटन मन्त्रालयका सचिव, पर्यटन बोर्डका अध्यक्ष, व्यवस्थापिका–संसद्, विकास समितिका सभापतिलगायतको उपस्थिति थियो । जिल्लाको सुकेटारमा आजदेखि सुरु भएको कञ्चनजङ्गा हिरक महोत्सव बिहीबार सम्पन्न हुने बताइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले