मङ्सिर ७, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका"/> Sajhasabal मङ्सिर ७, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दसौं अनसनको दसौं दिन : ‘किन यस्तो मौनता ?’

८ मंसिर २०७३, बुधबार ०१:५८

मङ्सिर ८, काठमाडौं । मुलुकभरीका एमबिबिएस अध्ययनरत विद्यार्थीहरुको छाता संगठन नेपाल मेडिकल स्टुडेन्ट सोसाइटि (एनएमएसएस)ले मंगलबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीनलाई राजिनामा दिन आग्रह गर्दै डा.गोविन्द केसीको आन्दोलनलाई सफल बनाउन आग्रह गरेका छन् । 

सरकारले डा. केसीले अघि सारेका मागको बेवास्ता गरे सबै प्राज्ञिक र अन्य अस्पतालका सेवा बन्द गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । एनएमएसएसका पदाधिकारी, रेजिडेन्ट चिकित्सक लगायतकाले डिन कार्यालयमा धर्ना दिनुको साथै ज्ञापनपत्र समेत बुझाएका थिए । 

ज्ञापन पत्रमा संस्थानको भलाइ र गुणस्तरीय चिकित्सा शिक्षा र सेवामा आम नेपालीको सहज पहँुच स्थापित गर्ने अभियानलाई सफल बनाउन डिन पदबाट राजिनामा गर्न डा.केपी सिंहलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै डा. सिंहले राजिनामा नगर्ने बताएका थिए । नयाँ मेडिकल कलेजलाई सम्बन्धन र एमबिबिएसका विद्यार्थी भर्नामा अनियमितता गर्नका लागि हालको अस्थिरता जारी राखिएको एनएमएसएसका अध्यक्ष डा.सागर पोखरेलले बताए ।

आफूहरु सकेसम्म अस्पताल बन्द नगर्ने पक्षमा रहेको र डा.केसीले समेत जे भए पनि अस्पतालको सेवा जारी राख्नु भन्दै आएकाले हालसम्म विरोधको स्वरुप कडा नगरेको पनि उनले बताए । ‘तर, कसैले सुनिरहेको छैन, १० दिन भयो सरको ज्यान खतरामा पर्ने भएकोले अब अस्पताल बन्द गर्नेसम्मका विरोध गर्न हामीलाई बाध्य पार्न थालिएको छ,’ पोखरेलले भने । अनसन तोडाउने बेला सहमति गर्ने तर पालना नगर्ने सरकारको क्रियाकलापले केसीले दस दसपटक अनसन बस्नु परेको पनि विद्यार्थीहरुले बताए ।

हालसम्म १०२ दिन अनसनमा केसी 

डा.गोविन्द केसीले दसौंपटकको अनसनसम्म गरि १ सय दुई दिन अनसन बसेका छन् । उनको १० औं अनसन मंगलबार १० औं दिनमा पुगेको छ । उनको नवौ अनसन १२ औ दिनमा स्थगित भएको थियो । यस्तै आठौं अनसन १६ औ दिनमा पुगेर तोडिएको थियो । तेस्रो अनसनता १४ दिनको थियो ।

२०६९ साल असार २१ गते शुरु भएको उनको पहिलो अनसन तीन दिनपछि असार २४ गते सरकारसँग सम्झौता भएपछि तोडिएको थियो । गत वर्ष २०७२ सालमा डा. केसीले दुईपटक अनसन गरे । गत वर्ष भदौ ७ देखि १९ गतेसम्म गरी १२ दिन र पुन: असोज २ गते देखि १२ गते सम्म गरी १० दिन अनसन चलेको थियो । -कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने