वासुदेव पौडेल/मङ्सिर ८, पोखरा । विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वासुदेव पौडेल/मङ्सिर ८, पोखरा । विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ । 

२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

साहसिक पर्यटनको आकर्षण बन्दै अल्ट्रालाइट

८ मंसिर २०७३, बुधबार ०७:५२

वासुदेव पौडेल/मङ्सिर ८, पोखरा । विश्वमै पर्यटकीय रुपमा ख्याती कमाएको पोखरामा सञ्चालित अल्ट्रालाइट सेवा साहसिक पर्यटनका लागि आकर्षण बन्दै गएको छ । 

अल्ट्रालाइट जहाजमा उडेर पोखरा आसपासका हिमाली तथा पहाडी मनमोहक दृश्यको अवलोकन गर्नका लागि स्वदेशी एवम् विदेशी पर्यटक निकै आकर्षित बन्ने गरेका छन् । अल्ट्रलाइट सेवा पोखरामा सन् १९९६ बाट सुरु भएको एभिया क्लब नेपालका व्यवस्थापक रिजन रिजाल बताउनुहुन्छ । 

युरोपबाट भित्रिएको सो प्रविधि साहसिक पर्यटनको महत्वपूर्ण पाटो बनेको छ । 

पछिल्ला वर्षमा विदेशी पर्यटक मात्र नभएर स्वदेशी पर्यटक समेत यसतर्फ आकर्षित बनेका छन् । पोखरा विमानस्थलबाट हुने अल्ट्रलाइट उडान सेवा १५ मिनेटदेखि डेढ घन्टासम्मका चार किसिमका छन् । 

रिजालका अनुसार १५ मिनेटको उडानका लागि रु सात हजार ५००, ३० मिनेटको लागि रु १३ हजार ५००, ६० मिनेटको लागि रु २३ हजार ५०० र ९० मिनेटको लागि रु ३१ हजार शुल्क निर्धारण गरिएको छ । 

पोखरामा तीनवटा कम्पनीले अल्ट्रालाइट सेवा सञ्चालन गरिरहेका छन् । एभिया क्लब र फिष्टेल अल्ट्रालाइटले तीन÷तीनवटा र पोखरा अल्ट्रालाइटले पाँचवटा जहाजबाट सेवा प्रदान गरिरहेका छन् । पोखरा आउने ३० प्रतिशतभन्दा बढी पर्यटकले साहसिक खेलकुदमा रुचि राख्ने गरेका छन् । 

अल्ट्रालाइटका लागि मुख्य याम अगष्टदेखि नोभेम्बर तथा फेब्रुअरीदेखि अप्रिलसम्म भए पनि पछिल्ला समयमा सबैजसो समयमा अल्ट्रालाइट चल्ने गरेका छन् । पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनारायण श्रेष्ठका अनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म तथा दिउँसो २.३० बजेदेखि ५ बजेसम्म अल्ट्रालाइट उडान सञ्चालन हुन्छ । 

“अल्ट्रालाइटबाट उडान गर्नेमध्ये धेरैजसो चिनियाँ पर्यटक रहेका छन्,” श्रेष्ठले भन्नुभयो । पोखरा अल्ट्रालाइटले विगत चार वर्षयता पोखरामा अल्ट्रालाइट उडान सञ्चालन गरिरहेको छ । सन् २०१२/१३ मा अत्याधिक चिनियाँ पर्यटकले अल्ट्रालाइट चढे पनि गत वर्षको भूकम्प र नाकाबन्दीपछि सो सङ्ख्या ह्वात्तै घटेको छ । 

अल्ट्रालाइट चढ्नका लागि भारत, अमेरिका, बेलायत, जापानलगायत मुलुकबाट पर्यटक पोखरा आउने गरेका छन् । अल्ट्रालाइटमा पाइलट बाहेक एक जनाले मात्र यात्रा गर्न मिल्छ । अल्ट्रालाइटबाट पोखरा आसपास तथा माछापुच्छ्रे हिमाल वरपरको दृश्यावलोकन गर्नु पर्यटकको मुख्य रोजाई हो । 

पोखरा विमानस्थलबाट अल्ट्रालाइट चढेर पर्यटक पोखराको बीच भागबाट बगरिहेको सेती नदी, बेगनास ताल, माछापुच्छ«े हिमालका काखमा रहेको हिमताल, सेती भ्याली, माछापुच्छ«े वेस क्याम्प, अन्नपूर्ण वेस क्याम्प, पुन हिल, फेवाताल, विश्व शान्ति स्तुपलगायतको अवलोकन गर्न सकिन्छ । 

कम्युनिटी नेपाल, लेकसाइडका सञ्चालक समेत रहेका पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा पोखरामा विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चालित अल्ट्रालाइट सेवाले यहाँ आउने साहसिक पर्यटनमा रुचि राख्ने जो कोही पर्यटक निकै लाभान्वित बनेका बताउनुहुन्छ । 

“हिमालमा जान रुचि रख्ने तर शारीरिक रुपमा असक्त पर्यटक अल्ट्रालाइटमार्फत नजिकैबाट हिमाल हेर्न र अनुभव गर्न पाउने भएका कारण यसतर्फ आकर्षित भएका हुन्,” थापाले भन्नुभया । विस्तारै उडान हुने भएकाले सहजै दृश्यावलोकन गर्न, हिमालको घाँचबाट हिमाली दृश्य हेर्न र जमिनको नजिकबाट उड्नसक्ने भएकाले पनि पोखरा आउने अधिकांश पर्यटकलाई अल्ट्रालाइटले छुट्टै अनुभव दिने गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ